Skip to content


घरको आँगन मेरो
बाढी पसे पछि
मज्जा लाग्यो मलाई
हेर्छु बसी-बसी
एकै छिनमा देखेँ
घरमा पस्यो पानी
बल्ल थाहा पाएँ
यसले गर्ने हानि
कति जना आए
हाम्लाई लगे बोकी
मेरी बैनी उस्तै
हृवाँ हृवाँ गर्दै रोकी
आजदेखि हाम्रो
स्कुलमा बास
राम्रो हैन बाढी
गर्ने रै छ नाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *