Skip to content

प्रेम ओली ढकलपुरे

तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)

  • by

कुभिन्डो

यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आशनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाहिँ छैन । यो मान्छेको लागि लोक परिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भागवतीको लागि बलि चढाइदै आएको पाइन्छ ।

मेरो शहर कति झल्ला छ

  • by

यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

फुटकर कविता

  • by

१) प्रध्यापक
किताबी ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफूले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।

घुस (गुलेली)

  • by

खाऊँ भने सरुवा हुने डर
नखाऊँ भने छेरुवा भनिने डर
तिमीले मागेर खान्छौ होला
त्यसैले तिमीले खाएको घुस
आफूले त पाइन्छ र खाइन्छ
त्यसैले मैले खाएको खूस ।

दशैँ

  • by

पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेको थेँ
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने पनि
जनकपुरको रेल झै आउनु नि

मैले देखेको सपना

  • by

हरित पत्रहरूको
एउटा बिशाल बृक्ष
पातहरू झाँगिँदै
हाँगाहरू हाँगिँदै
गाठाहरू कसिँदै
जराहरू धसिँदै
र म
ती प्रत्रहरूको बिस्तारामा

मलाई
पर्दा जस्तै
च्यातेर हेर्यो भने
ममा पनि
अलिकति लोभ
अलिकति छोभ भेटिन सक्छ
मलाई
खोलेर हेर्यो भने
ममा
अलिकति आक्रोश
धेरै जसो रोस देखिन सक्छ

केही टुक्राहरू (प्रधान मन्त्री)

  • by

प्रधान मन्त्री
सोझा जनतालाई
चर्को ब्याजमा
तम्सुक लेखाउने
गाउँको मुखिया बा।

मन्त्री
जनताको भकारी सोर्दै
सरकारको ढुकुटी फोर्दै
आफ्नो सामान जोर्दै
कहिलै नअघाउने
झुसली किरो

गरीब हुँदा म

  • by

म गरीब भएर
चलाई राखेको भए पनि ठेला
र तिमीले यसको
चिन्ता लिइराखेको बेला
मलाई
अर्को पीडा थपिए पनि
तिमीले कुनै चिन्ता नगर
तिम्रो घरमा पार्टी चलेको बेला
मेरो घरमा चामल नहुँदा
भोक भोकै बस्दा पनि
छोराको उपचार गर्न नसकी
शोक शोकै बस्दा पनि
मैले बाँच्न सिकेकोछु
मैले हास्न सिकेकोछु
किनभने
भोक मेरो नसा भएको
शोक मेरो नसा भएकोछ ।

केही टुक्राहरू (घरको भाग)

१) घरको भाग

क) ढोका
नयाँ बेहुली भित्र्याउने
बृद्धाहरूलाई
कालको मुखतिर घचड्ने
शहिदगेट ।

ख) झ्याल
भित्रबाट बटुवालाई चियाउने
बाहिरबाट
नयाँ युवा जोडीहरूलाई
के गर्दैछन भनी चियाउने
एउटा अज्ञात बालक।

प्रकृति र मान्छे (ब्यङ्ग्यबन्ध)

  • by

नदी

दिन रात सधैं निरन्तर बगिरहन्छ । न कुनै थकावट छ, न कुनै रोकावट छ । सुगन्द फाले पनि दुर्गन्द हाले पनि बिपक्ष दलको जस्तो न कुनै आपत्ति छ । न कुनै असन्तुष्ट सभासद्को जस्तो नियापत्ति छ । जे फाले पनि यसले सहर्ष सुकारेर लैजान्छ । यसमा पनि सजीवको जस्तो गती र शक्ति छ । तर मान्छेप्रति कुनै गुनासो छैन ।

बृक्ष

यो पनि बकुल्ला भक्तमा एक खुट्टाले उभिरहन्छ । बकुल्ला केही पाउनलाई भक्ति गर्छ । तर बृक्षले केही लिनलाईभन्दा पनि, दिनलाई उभिराखेको हुन्छ । यस्ले चराचुरुङ्गी, किट्पतङ, जीवजन्तु देखी मान्छे समेत, सबैलाई गासबास, छहारी, काठपात दिन खुल्ला रुपमा निम्तो गरिराखेको हुन्छ । जसले जति भोगे पनि, जस्ले जे जति लगे पनि यस्को कतै उजुरी हुँदैन ।

BhanuBhaktaAcharya

एकदिन भानुभक्त

  • by

एक दिन सुटुक्क
भानुभक्त कान्तिपुरी आए
हरियाली ती फाँटहरूमा
महलहरू पाए ।

खोज्दै अल्कापुरी
कयौ चक्कर लाए
घरै घरको जङ्गलमा
खानु ठक्कर खाए ।

होसियार !

  • by

यसपाली पनि लेखिएन भने
सम्बी-धान जर्तमा जाला
यस्तै रहिरहे देश
नउस्कने त्यो गर्तमा जाला

फिर्न लागेको शान्ति चैन
फकेर त्यही कर्दमा जाला
बिगतमा भोगियो पीडाहरू
भावी पुस्ता उही दर्दमा जाला

कानुन

  • by

संबिधान बने पनि
कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ ।

जति कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ती गरे पनि
कानुनमाथि चढे पनि
सम्मानजनक थुनछेक छ
निमुखालाई यहाँ
सानो गल्ती गर्दा पनि
लाठी र बुट छ ।

ध्वस्त

  • by

ध्वस्त नै हो मेरो नाम
ध्वस्त नै हो मेरो काम

मलाई ध्वस्त नै मन पर्छ
ध्वस्तैमा मन अड्छ ।

शान्तिलाई पड्काउदै
कान्तिलाई लड्काउदै
सहमतिलाई अडकाउदै

मारी नदी घुम्दा (यात्रा)

  • by

आज शनिबार ह्यूसँग साउथ अस्ट्रेलियाको सबभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दै थिए । एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो । ठिक अंग्रेजी समयमा नै साथी आएपछि हामी कारमा घुम्न निस्कियौ । ह्यू रमाइलो साथी रहेछ । पहिले बिद्युतीय पत्रचार मात्र भएकाले भेट्दा झन रमाइलो लागेको थियो । उसको छोरी मेरो स्कुल गैसकेकाले पनि ऊ नेपालप्रति जान्न चाहन्थ्यो । बाटोभरि नेपालको र मैले घुमेका ठाउहरू बारेमा गफिंदै प्रतिघन्टा १०० कि मि हुइकिदै थियौ ।

एउटा डाँडामा पुगेपछि ह्यूले गाडी रोक्दै भन्यो, ” म तिमीलाई हामी जाने ठाउँ देखाउँछु ।”