कस्तो रनभुल्लको बाटो

  • by


यो बाटो
त्यो बाटो
हिड्दै जाँदा दोबाटो
टोली अल्मलियो
अब हिंड्ने कुन बाटो
यात्रा ढलमलियो
एउटा बाटो
नसकिने बाटो
अर्को बाटो
बिचमै सकिने बाटो
यात्रु धरमरियो
कस्तो घनघोर बाटो ।

हिँड्दै जादा चौबाटो
एउटा बाटो
खाली घुमी हिँड्ने बाटो
अर्को बाटो
नदिमा गइ खस्ने बाटो
तेस्रो बाटो
खाडीमा गइ फस्ने बाटो
चौथो बाटो
माहुरी आइ डस्ने बाटो
ओहो !
कस्तो फर्सादको बाटो
कस्तो बर्बादको बाटो
न पछि हट्न सक्ने
अ अघि बड्न सक्ने
न दाँया लर्कन सक्ने
न बाँया सर्कन सक्ने
झन बित्यासको बाटो ।

एउटा आउँछ टोली हाक्दै
बिच बाटोमा नै हराउँछ
अर्को आउँछ टोली डाक्दै
मुल बाटो नै बिराउँछ
फेरि अर्को आउछ फलाक्दै
उ झन नहिँड्दै खुट्टा कमाउँछ
न उकालो
न ओरालो
तर
कस्तो रनभुल्लको बाटो
यता जाने कि
उता जाने
कस्तो अलमल्लको बाटो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *