१) घरको भाग
क) ढोका
नयाँ बेहुली भित्र्याउने
बृद्धाहरूलाई
कालको मुखतिर घचड्ने
शहिदगेट ।
ख) झ्याल
भित्रबाट बटुवालाई चियाउने
बाहिरबाट
नयाँ युवा जोडीहरूलाई
के गर्दैछन भनी चियाउने
एउटा अज्ञात बालक।
ग) छानो
घरको इजत लुकाउने
पानी पर्दा जोगाउने
आत्महत्या गर्नेलाई सघाउने
बलियो रुख ।
घ) मोकेलो
घरको आँखा
छोराको भर्याङ्
सुलसुलेलाई घरको
अन्द्रा हेर्ने दर्पण।
२) कारागार
सज्जन
दुज्जन
चोर र डाँका
पागल र फटाहा
उडुस र उपैयाँ को
खाद्य सङ्कलन केन्द्र।
३) माया
मर्न नसक्ने
बाँच्न नचाहने
दोसादमा अड्किएको
आर्यघाट लगेको मान्छे।
४) महङ्गी नियन्त्रण
त्रिसुलीलाई थुनेर
माछा मार्ने
माझी दाइकोको सपना।

comment
तपाईको कविता धेरै राम्रो छ प्रगतिको कामना गर्दछु
tapaiko kabita ramro 6
tapaiko kabita ramro 6 pragatiko kamana
ramro 6
ramro 6
ramro6 lekhdai janu
ramro6 lekhdai janu