Skip to content


मलाई
पर्दा जस्तै
च्यातेर हेर्यो भने
ममा पनि
अलिकति लोभ
अलिकति छोभ भेटिन सक्छ
मलाई
खोलेर हेर्यो भने
ममा
अलिकति आक्रोश
धेरै जसो रोस देखिन सक्छ
त्यसैले
लोभ र लालच
मोह र आक्रोशले
बनेको म ।

मलाई
उघारेर हेर्यो भने
म भित्र
अलिकति दया
अलिकति माया भेटिन सक्छ
अलिकति लचकता
धेरै अहमता भेटिनसक्छ
मलाई कपडा जस्तै
उधारेर हेर्यो भने
म भित्र
अलिकति इर्ष्या
अलिकति तिर्खा पाइनसक्छ
त्यसैले
अहम र लचकताको
इर्श्या र तिर्खाको
समिश्रण म ।

मलाई बक्सा जस्तै
खोलेर हेर्यो भने
एक एक पार्ट पुर्जा जाच्यो भने
ममा
अलिकति विवेक
अलिकति मुर्खता देखिन सक्छ
मलाई
अझ नियालेर हेर्यो भने
ममा पनि
अलिकति छल
अलिकति कपट पाइन सक्छ
त्यसैले
बिबेक र मुर्खता
छल र कपटको
सङ्गम म
इन्द्रेणी जस्तो
बहुरङ्ग म ।।

2 thoughts on “म”

  1. comment
    प्रेम जी तपाईको कविता बिम्बले भरिएको छ प्रगतिको कामना गर्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *