Skip to content

प्रेम ओली ढकलपुरे

20110221_PremOli_Adelaide

एडलाइड घुम्दा

  • by


ठुला ठुला सडकमा
मान्छे खाली पाएँ
नेपालको बयान गर्दा
मिठो ताली खाएँ
नेपाललाई माया गर्ने यहाँ
धेरै मान्छे पाएँ
सभ्यताको हिमचुली
धेरै माथि पाएँ ।

भक्तिका कुरा गरी (छोटो कविता)

  • by

भक्तिका कुरा गरी
देश भजाई खाऊ
मुक्ति कुरा गरी
शेश रजाई खाऊ
क्रान्तिका कुरा गरी
जनता कजाई खाऊ
सुशासनको कुरो गरी
दाम बजाई खाऊ

जीत ल्याउने कसले अब

  • by

भद्रगोलमा देश चल्दा
रीत पुर्याउने कसले अब
कुकर्मले गाँज्यो यहाँ
हित डोर्याउने कसले अब ।

क्रोध र इर्श्या झ्याँगियो
प्रीत लाउने कसले अब
नाच्नेहरू मात्र भए यहाँ
गीत गाउने कसले अब ।

बाटो

  • by

धनी हिंडे पनि गरीब हिंडे पनि
लाटो हिंडे पनि
बाठो हिंडे पनि
सबै हिंड्ने एउटै बाटो।

दानी हिंडे पनि
ज्ञानी हिंडे पनि
लोभी हिंडे पनि
धोबी हिंडे पनि
जोगी हिंडे पनि
भोगी हिंडे पनि
सबै हिंड्ने एउटै बाटो ।

टुक्राटाक्री (झटारो)

  • by

१ सभासदका दिन
दुईचार महिना
सभासद भएकोमा
रमाउनमा बित्यो
दुई-चार महिना
राम्रो मन्त्री पाउन
मालिकको पाउ
समाउनमा बित्यो
दुईचार महिना
एउटा घर बनाउनलाई
कमाउनलाई बित्यो
दुई-चार महिना
जानलागेको सभासद
थमाउनलाई बित्यो
बाँकी दिन
सरकार ढलेपछि
नयाँ सरकार फेरि
बनाउनमा बित्यो ।

बजेट आउँदा (झटारो)

  • by

ल्याउदा जनताको बजेट
गर्दै ठेलमेल र घचेट
कोही नारा जुलुसले कुर्लिए
कोही हातपात गर्दै उर्लिए
कसैको ढाडै सेकियो
कसैको टाउकै टेकियो
बल्ल नाटक सुरु भयो कि ?
यस्तै यस्तै देखियो ।

देउसी गीत

भन भन साथी हो – देउसी रे
बेस्सारी भन – देउसी रे

खल्टा खुल्टी बाटो –
हिलो र माटो – देउसी रे

दुइचार बल्ड्याङ – खाएका हामी
जाम परी – आएका हामी
महङ्गीमा सास्ती – पाएका हामी
लोड्सेडिङ्मा टुकी – ल्याएका हामी
महङ्गीले जनता सलाल
लोड्सेडिङ्मा नेपाल झलाल ।

शक्ति ढलेपछि

सबले भन्छ्न वाह वाह यहाँ
नाम चलेपछि
बिस्तारै बिर्सन्छ सबले
काम चलेपछि।

हजारौंले धाउँछन् यहाँ
दाम फलेपछि
अँध्यारोले पनि चियाउँछ
दिन ढलेपछि।

मन्त्रीको भेटमा

एकाबिहानै
मन्त्रीको भेटमा
गएको थिएँ गेटमा
पुग्दा देखें
भित्र छिर्न
मनिसहरुको लस्कर छ
कोही तस्कर छ
कोही अबसर छ
कोही हर्ता-कर्ता
कोही कार्यकर्ता ।

यी हुस्सुहरूलाई

  • by

पारीलो घाम त्यो
हुस्सुहरूले छेकेपछि
देशको भबिष्य
झन अन्योल भयो
कहिले कुहिरो भएर
कहिले तुवालो भएर
यी हुस्सुहरूले
आकाश टेकेपछि
देशको मुहार
झन अन्धकार भयो

भुते गुरु

  • by

बासमती र मनसुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न-फल्न नपाई
सबै घाँस पातले छोपियो
बिकासे धान भनी फेरि
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गीले खोपियो।

यसपाली फेरि
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।

सत्ता (झटारो)

दशै आयो
तिहार आयो
फेरि चल्छ जुवाको खाल
कोही हुने जोगी
कोही हुन्छ मालामाल
त्यसैले सबैको एउटै दाउ
सत्तै हान्ने चाल ।

चौकाले मौका हेर्छ
छक्काले छक्काउछ
पन्जाले पछार्छ
अट्ठाले अड्काउछ
तर सत्ता मालामाल
त्यसैले सबै एउटै दाउ
सत्तै रोज्ने चाल ।

यसपालीको तीजमा

  • by

यसपालीको तीजमा
कविहरूले
लेखकहरूले
शब्दको सिस्नु पानी लगाएर
नाक कान घाटीमा मात्र हैन
गिदीहरूमा घोचे
कलाकारहरूले
आन्द्रै उल्टिनी गरी
प्रहसनहरू कोचे
तर पनि
नेताको घैटोमा घाम लागेन
कम्प्युटरमा जस्तो
भ्रष्टाचारमा भाईरस, जाम लागेन।

कुरो कुन्थरो

सधैं व्यङ्ग्य कविता र व्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर व्यङ्ग्य बनाउने पाराले व्यङ्ग्य वार्ता रोज्ने बिचार गरें। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु, बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो। मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हाँसो ठट्टा पनि गर्ने भएकाले उनीसँगै वार्तालाप गर्ने जमर्को गरें।

छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रश्न हजुर आमैलाई कचौरामा राख्दै भनें, “हजुरआमाको उमेर कति पुग्यो नि? हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ?”

प्रश्नलाई टपक्क टिप्दै, “यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोधिहाल्नु भो। अलि ठेट्ना हुनुहुँदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गाँसमै स्वाद चाखी हाल्नुहुन्थ्यो। मेरो उमेर त भर्खर असीमा बसेकी छु। अब उमेरको कुरा गर्दा त पैतिस चालिस बर्षलाई अधबैसे भनिन्छ। त्यो हिसाबले त मान्छेको बैस सत्तरी असी पुगेपछी पो पुरा हुदो रहेछ। साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ नि बाबु। ”

गाईजात्रे नाटक (गाइजात्रे झटारो)

बानेश्वरमा प्रदर्शन भइराखेको यसपालीको गाइजात्रे नाटकको भाग पाँच पनि सकियो । जोक्कर-नोक्कर, मालिक-बालिक, अझाउ-बझाउ, खलनायक पात्रहरू आए पनि नायक आएन । सायद देशले अँझै मान्छे पाएन । बिना निर्देशकका पात्रहरूको जात्रा हेर्दा परिपक्वता नै देखियो । अब यो गाईजात्रा कार्यक्रमलाई राम्रो निर्देशक खटाएर बेदेशसम्म पठाउन सकियो भने डलर ठटाएर उठाउन सकिने कुरोमा कसैको तीन सय एक मत छैन ।

हाम्रो संस्कृति र प्रवृत्तिको पनि राम्रो प्रचार हुने । अझ बिना नायक नै गाइजात्रा हिट भएको देख्दा नेपालका सिने निर्माताले सिके भने, त्यसै त कम बजेट बन्ने फिलिम, झन कममा बन्न सक्छ । फेरि नायकले काम र दाम नपाउदा मलाई नालायक भन्न सक्छ । यो गाईजात्राको अलिकति आलोचना के छ भने भैंसीको दुध खाएका पात्र भए पनि मन्चमा पहलमानी देखाइएको छैन । द्वन्द पक्ष कजोर देखियो । फिल्मको जस्तो कुर्सी, सिसा भाँचेको र तरुनी पात्रहरू भएर पनि कम्मर भाँचेर नाचेको देखिएन ।

यो शहरले के गर्न आँट्यो गाँठे

कतै जबरजस्ती दाइँको धन लुटदै
कतै बहिनीको अस्मिता पनि लुटदै
दिउँसै शहरले आँट्नुसम्म आँट्यो गाँठे
कहिले बिदेश उडाइदिन्छु भन्दै
कहिले जागिर जुटाइदिन्छु भन्दै
दिउँसै शहरले ढाट्नुसम्म ढाँट्यो गाँठे।

कहिले रानीपोखरी बसालेर दिनभर
कहिले रत्नपार्कमा बिताएर दोपहर
गफ शहरले छाँट्नुसम्म छाँट्यो गाँठे
साहिंलीलाई पशुपति डाँडामा
कान्छीलाई ल्याई मोटर भाडामा
माया शहरले साँट्नुसम्म साँट्यो गाँठे।

आफू त अब (झटारो )

  • by

हलो जोत्दा जोत्दै
फोन आयो पार्टीको
आफू त अब
काठमाण्डौं गइन्छ
मन्त्री नि भइन्छ
नूनदेखि सुनसम्म
रेलदेखि तेलसम्म
फलदेखि मलसम्म
बेस्सरी बढाइन्छ
कमिसन नि पाइन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।

भन तिमी भन्दा म के काम छ

एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
आफु त यसरी नै
बार्है महिना जम छ
भन तिमी भन्दा म के कम छ।