Skip to content

प्रेम ओली ढकलपुरे

अब उत्तरका नाका खोलाऊ

बोल लिखुरे नेता अब बोल
यही हो हाम्रो मौका पनि
अब उत्तरका नाकाहरू खोल ।

तराईका डोजरहरू
गाउँका ट्रयाक्टरहरू
सबै उत्तरतिर चलाऊ
रातदिन पहाड खनेर
अब उत्तरका नाकाहरू खोलाऊ ।

ओई मोदी दाइ

ओई मोदी दाइ !
तिमीले नेपाल आउँदा
गरेका कुराहरू खै ?
तिमी आउँदा
नेपाल असल, सच्चा मित्र भन्दै खोक्यौ
हाम्रो मन जित्नलाई
नेपालीमा पनि भाषण ठोक्यौ

बौलाहा मान्छे

यो देशलाई सिङगापुर बनाइदिन्छु
यो देशलाई कोलालम्पुर बनाइदिन्छु
चौराह्मा एक बृद्द बोल्दैथे
साहेद पिसाबले च्यापेको रहेछ
सुरुवाल पनि खोल्दै थे
मान्छेले भन्दै थे
कहाँबाट आका हुन यी नौ मान्छे
पक्कै नेता हुनुपर्छ,
बिचरा बौलाहा मान्छे ।

PremOli-03

दुइटीको पोइ धुरु धुरु रोई

सोर्ह वर्ष टेक्दै थिए
जुगाले रेखी छेक्दै थिए
एक दिन बाले भने
अब त लक्का जवान भइस
ग्रिष्टी चलाउने पक्का जवान भइस
राम्रो घरको प्रस्ताव आको छ
चिटिक्क परेस
आज केटी हेर्न जाने कुरो भाकोछ ।

कुनै घोटला भाको छैन

विमान किन्दा होस कि
सामान किन्दा होस
मह काट्नेले हात चाट्ने भन्या जस्तै
कसैले
अलिअलि हात चाटे होलान
दुईचार पैसो यसो बाटे होलान
हुन त म गोठाला गाको छैन
तर ढुक्क हुनुस, मेरो पालामा
कुनै घोटला भाको छैन ।

बाउको श्राद्ध

ल यो कुश लिनोस
यो टपरीमा सय दिनुस
दुनाह पचास दिनुस
यो सब तिम्रा बाले पाउछन
उता पनि निकै महङगी छ रे
दश रुपैयाले त के पो लाउछन ।

भुकम्पसँग वार्ता

ओइ भूकम्प
तेरा बाजेले नब्बे सालमा
हाम्रा बाजेका बत्तीसै बङ्गारा झारे
तेरा बाले पैतालिस सालमा
हाम्रा बालाई पार्नु थर्कमान पारे
तैँले त झन् यसपालि
हामीलाई पार्नुसम्म धरापमा पारिस्
हजारौँ हाम्रा प्रियजनहरूलाई
मार्नुसम्म मारिस्
हाम्रो सगरमाथालाई नै तैंले तीन इन्च सारिस् ।

भूकम्पमा माया प्रीति

एउटा भाइलाई अँझै
टेन्टमै बसेको देखेपछि
मैले भने
भाइ अँझै टेन्टमै बसेको ?
उसले भन्यो
दाइ भूकम्प आए पछि
टेन्टमा बसेको
छेउकै टेन्टकी तरुनीको

डा साहब केही भाको छैन

हल्का टाउको दुख्थ्यो
अलिअलि मुख सुख्थ्यो
यताउता धन खोजेर आइयो
डा साहब
यो एक्सरे
भीडियो एक्सरे
रगत जाँच किन चाहियो
आफूलाई त्यस्तो गम्भिर पाको छैन
डा साहब बरु डिस्चार्ज गरिदिनुस
म त जान्छु
मलाई खास केही भाको छैन ।

धोबीखोलाय नमः (प्रेम ओलीका हाव्य कविता)

  • by

फोहरको भारी बोकेर
धोबी खोला
कहिले टाउको
कहिले कुन ठाउको
खस खस कनाउदै थियो
पसिनाले भिजेर हो कि केले हो
ठस ठस गनाउदै थियो ।

20130623_PremOli_News

आरम्भ ३०औ बहुभाषिक गोस्ठी सपन्न

  • by

घट्टेकुलो विकास समाजको हलमा आरम्भले आफ्नो ३० बहुभाषिक कविता बाचन शृंखलाभव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बिष्णु प्रभात तथा बिशेष अतिथिहरू भारतीय दुतावासका प्रथम सचिब, साहित्यकार अभय कुमार र डा. राम दयाल राकेस तथा कृष्ण मुरारी चट्याङ मास्टर, ज्ञानु वाकर, लक्ष्मन गाम्नागे, कृष्ण जोशी, इन्दिरा प्रसाई, प्रत्रकार रामचन्द्र हुमागाई, कलाकार मदनदास श्रेष्ठ अतिथिका रुपमा उपस्थित थिए ।

ओइ काठमान्डू !

  • by

ओइ काठमान्डू !
मलिलो पसिना
कानमा फुल
फराकिलो छाती
हरिया हरिया तुल
खोइ काठमान्डू ?

बजार भाउ भुसुक्क छ
मान्छेको मुहार ठुसुक्क छ
लोकल ठर्राले फुसुक्क छ
फोहर पहाड झै टुसुक्क छ
ओइे काठमान्डू !

ओ नयाँ बर्ष

  • by

ओ नयाँ बर्ष
आफ्नो यस्तै छ खबर
बरु भन
तिम्रो कस्तो छ हालखबर ?
आफ्नो त आजभोलि
पार्टीले सरकार छोडेपछि
सता र भत्ता तोडेपछि
बिहान योग अभ्यास गरिन्छ
दिनभर खालमा तास हेरिन्छ

जग्गा बिक्रीमा छ (झटारो)

  • by

एक दिन
एक तरुनीले
आफ्नो नाइटो देखाउदै भनी –
मेरो नाभीस्थल
बिक्रीमा राखेको
घर घडेरी जस्तो छ
किन्ने भए किनिहाल्नुस
आज भोलि मन्दीले
काठमाडौंभन्दा सस्तो छ

आज भोलि

आज भोलि मलाई
खै कुन्नि
कस्तो कस्तो भैरा’छ
संबिधान नलेख्ने पाजीहरूलाई
थचक्कै बस्ने गरी
दिउ जस्तो लाइरा’छ
सहमति तोड्ने आचीहरूलाई
ढलमै खस्ने गरी
दिउ जस्तो लाइरा’छ ।

बिचरा महादेव

घरबाहिर
महादेवलाई देखेपछि
कति हुरुक्क हुन्छन
कति फुरुक्क हुन्छन
तर घरभित्र
श्रीमतीहरू रिसले बुरुक्क हुन्छन
के शक्ति रहेछ गाठे पार्वतीमा
बिचरा महादेव थुरुक्क हुन्छन ।

अचेल समाज

साडी र सुरुवाल कुर्तामा
सजिएको समाज त्यो
आज
प्यान्ट हाफ प्यान्ट हुँदै
कट्टु र पेन्टीमा हिँड्दा
छोराको के कुरा
छोराको बालाई पनि
मन थाम्न गार्हो भो

सबैले चिनिएको मान्छे त्यो

  • by

न पढन जान्थ्यो
न पढाउन जान्थ्यो
न कमाउन जान्थ्यो
न हलो समाउन जान्थ्यो
कहिले यताको गाउँ
कहिले उताको ठाउँ
हल्लरी मार्दै रमाउन जान्थ्यो