Skip to content

प्रेम ओली ढकलपुरे

चम्चा

घरी पिलेटतिर कुद्छ
घरी कचौरातिर कुद्छ
मिठो मिठो बोकेर
घरी ओठसित जुद्छ
कहिले यताको कुनोमा खोज्छ
कहिले उताको दुनोमा खोज्छ
के मिठो लाग्छ तपाईंलाई पहिले

साँढेसँग डराउछन्

कोही नेता आप झै पाकेका
कोही जोतेको गोरु झै थाकेका
युवाहरू चाहिं
कोही बिदेश भागेका
कोही राजनीतिबाट छेउ लागेका
तर देश चाहिं
यस्तै बुढा गोरुले पो हाँकेका ।

हजुरबाको आशीर्वाद

यताकै गर्न सकेनस भने
बनारस गएस्
दिल्ली गएस्
अरुकै बन्न सकेनस भने
मन्त्री त पक्कै भएस् ।

सके न्यायधीश भएस्
नभए पुलिस भएस्
त्यो पनि हुन सकेनस भने
मन्त्री जाबो त पक्कै भएस् ।

कवितामा जेष्ठ नागरिक

महान पर्व दशैंको अव्सर पारेर आरम्भ साहित्य स्रिङ्गखलाले “कवितामा जेष्ठ नागरिक” शिर्षकमा काव्य सभा गर्यो ।

युवा कवि देखी जेष्ठ कविबरसम्मको जमघटमा सबै कविले परिवर्तनशील नेपाली समाजमा जेष्ठ नागरिक प्रतिको उदासीनताप्रति ब्यङ्ग्य गर्दै सामाजिक जनचेतना जगाउने खालका गीत, गजल, मुक्तक र कविताहरू पस्केका थिए ।

कागजमै

कागजै सब गरौला
भन्ने महानगर पालिका
तर गर्ने छैन कुनै तालिका
जता हेर्यो फोहरै फोहरको ताज छ
पच्चिस वर्षदेखि यो शहरमा
यही फोहरकै राज छ
अव्यवस्थित घरहरुको फसल छन्
बाटोभरि जात्राको जस्तो पसल छन्

बा हृदयमै छन् (फादर्स डे विशेष)

बाउकै रगत हामी
बा शरीरमा छन्
बाउकै माया हामी
बा हृदयमै छन्
बाउका हरेक चित्रहरू
मानसपटलमै छन्
बाउकै अङ्श हामी
बा मुटुमा नै छन्

भन धरहरा

भन धरहरा
तिमी कता हरायौ
मसित डरायौ कि
अन्त कतै मन परायौ ?
भन कता हरायौ ?

बाले सानोमा
तिमीलाई देखाउन ल्याउदा
साच्चै तिमीलाई कति मन पराएकोथे
आज लक्का जवान भएर
तिमीलाई भेट्न आउँदा

आरम्भमा गाइजात्रा २०७४

काठमान्डौ, आरम्भ साहित्य मन्चले गाइजात्राको अवसर पारेर आफ्नो पाचौ वार्षिक उत्स्वब भव्य रुपमा सम्पन्न गर्यो ।

आरम्भका अध्य्क्ष प्रेम ओली “ढकालपुरे”को अध्यक्षता भएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा तुलसी भट्टराई हुनु हुन्थ्यो भने चट्याङ मास्टर, ज्ञानु वाकर विशेष अतिथि रहनु भएको थियो ।

पुग्यो भन्ने कोही छ (साउन विशेष)

यो पैसो त
जति धेरै कमायो उति धेरै नपुग्नेरैछ
भन्नुस त
अहिलेसम्म पैसोले पुग्यो भन्ने कोही छ ?

सय रुपैया नहुनेलाई हजारले पुग्दैन
हजार कमाउनेलाई लाखले पुग्दैन
यो पैसो त जति कमायो उति अभाव हुनेरैछ
भन्नुस त
अहिलेसम्म पैसोले पुग्यो भन्ने यहाँ कोही छ ?

सरकार सुतला होइस्याछ (बाङ्गा कविता)

बस्नुस् न बस्नुस्
सरकार राती पार्टी गरेर ढिला सुतिस्याछ
खत्र्याक्क आवाज आयो
साहेत म्याम साहाब भर्खर उठिस्याछ
अपराह्न भए कि यहाँ
बदेल आउछ सुकुटी आउछ
व्हिस्की आउछ वाइन आउछ

खेल टुडिखेल खेल

खेल टुडिखेल खेल
त पनि त धुन्दकारी होस
खेल षडेन्कारी खेल ।

के के दिन्छन नेताले भन्दै
डाँडाकाँडाबाट जनता जुराउँछस्
नेतागण ढिला आउँदा
घामले सेकाउदै घण्टौं कुराउँछस्

भानु सूर्योदयमा स्रष्टा सम्मान

आफ्नो निरन्तर शैक्षिक यात्राको दौरानमा सूर्योदय एजुकेशन फाउन्डेसन अन्तर्गत एस. ए. बी. पब्लिक स्कुलले भूपु उपप्रधानमन्त्री श्री प्रकाशमान सिंह तथा काठमाडौं महानगरपालिकाका मेयर मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर श्री हरिप्रभा खड्गीको विशिष्ट आतिथ्यमा दुई दशक बाट नेपाली साहित्य जगतमा विशेष योगदान पुर्याउने साहितियक ब्यक्तित्वको मूल्याङ्कन गर्दे गीताकेशरीलाई भानु सुर्योदय स्रष्टा सम्मान द्वारा सम्मानित गरिएको छ ।

20170216_PremOli-News-01

कवितामा प्रेम

यसपाली ‘आरम्भ’ले आफ्नो ६७ औ शृंखला अलिक प्रिथक तरिकाले साहित्य कार्यक्रम गर्यो ।

प्रणय दिवसको अवसरमा आयो जना गरिएको उक्त कार्यक्रममा उपस्तित सबै कवि तथा दर्शकहरूलाई गुलाब फूल प्रदान गरिएको थियो । महिला सहभागीलाई अरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेले गुलाबको फूल प्रदान गरेका थिए भने पुरषलाई सहभागीलाई सुशीला खड्का हसिनाले प्रदान गरेकी थिइन् ।

जय गणतन्त्र

सुरक्षाकर्मीले पनि गन देखाउने
क्रान्त्रिकारीले पनि गनै देखाउने
कार्यकर्ताले पनि गनै देखाउने
गुण्डागर्दिले पनि गनै देखाउने
जस्ले पनि गन देखाउने तन्त्र
हैन यो कस्तो गणतन्त्र !
जय गणतन्त्र ।

साँढे भूकम्प

ब्यालेन्स नभाको जस्तो
घरी घरी मिसकल गर्ने
कहिले बजियाले त
रिचार्ज गरी फुल कल गर्ने
लड्ने भारतीय र तिक्कति पिलेट रे
उतै हल्लाउनु नि जति हल्लाए पनि
फेरि बजियाले किन
नेपालतिर बल गर्ने ?

20160116_PremOli-News

राजधानीमा खिचडी कविता गोष्ठी सम्पन्न

आरम्भले माघे सङक्रान्ति विशेष पारेर खिचडी कविता गोष्ठी भव्य रुपमा सम्पन्न गरेकोछ ।

प्रमुख अतिथि डा गोविन्द भट्टराई तथा डा तुलसी भट्टराई र चट्याङ मास्टरको विशेष अतिथि सम्पन्न भएको उक्त कविता गोष्ठीमा अधिकांश संस्ठाहरूले नाका बन्दी र प्रधान मन्त्री केपी ओलीमाथि व्यङग्य प्रहार गर्दै आफ्ना रचाना प्रस्तुत गरेका थिए ।

मोदीबाबा र कुखरा भक्तजन

एक दिन
पशुपतिको दर्शन गर्न
मोदीबाबा आए
यो दिन्छु त्यो दिन्छु भन्दै
बाचा कसमा खाए
उनी त नेपालमा
दिने भने लिन पो आ’का रैछन

मेरा छिमेकी तोतालाल

भद्रमोहनले घर बेची हिंडेपछि
अचेल मेरा छेमिकी तोतालाल पर्याछन
साह्रै मापाका रहेछन यिनी त
आए देखी गर्नुसम्म गर्याछन
कहिले कसलाई भटकाउछन
कहिले कसलाई भट्काउछन
कहिले त हाम्रै आगन पसी
बन्दुकै पटकाउछन