हरित पत्रहरूको
एउटा बिशाल बृक्ष
पातहरू झाँगिँदै
हाँगाहरू हाँगिँदै
गाठाहरू कसिँदै
जराहरू धसिँदै
र म
ती प्रत्रहरूको बिस्तारामा
कहिले रमाउदै खाँदै
कहिले खाँदै रमाउदै गरेको बेला
अचानक ठुलो आँधी आउँदा
पातहरू उड्दै
हाँगाहरू चुडिँदै
र
बाँकी बचेको ठुटो पनि
चिर्कोले हान्दा
मैले आफुलाई
धुलो र धुवामा पोतिएर
भोक र शोकले जोतिएर
खुला आकाशको
सडक सडकमा
गल्ली गल्लीमा
पातहरूमा भात मगिरहेको देखे ।
हरियाली त्यो बगैचामा
सुवासको गन्द सुग्दै
मिठा फलहरू ठुग्दै
कोही शत्रुबाट भाग्दै
कोही छहारी माग्दै
सयौ किट्पतङ्ग आए
कयौ पशुपंक्षीहरू आए
सयौ मान्छेहरू आए
ती हरिया पातहरू
कोही रमाउदै समाए
कोही समाउदै समाए
ती स्वादिष्ट फलहरू
कोही रमाउदै खाए
कोही खाँदै रमाए
त्यही हरित दरबारमा
कतिले डेरै जमाए
कतिले घरै जमाए
कोहि आइ कमाए
कोही खाइ रमाए
तर आज
त्यै मान्छेहरूको भिडमा
खै कसरी
म एक्लो हराए
अरुलाई बाटेको
त्यो भोक तिर्खा लागि
म एक्लो कराए ।