रामेश्वरी पन्त

धर्मग्रन्थ, यौन, र नारी

  • by

हाम्रा हिन्दु धर्मग्रन्थहरूमा नारीलाई दिइएको सम्मानपूर्ण स्थानबारे आज पनि धेरै चर्चा हुने गर्दछ । ‘

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोइरहेछ बिरहले मन

आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून
दिन रात रोइरहेछ बिरहले मन ।

प्यारो कृष्ण कहाँ गयौ एक्लै छु म राधा
तिम्रै पिरले यो ज्यान सुकी भैसक्याछ आधा
मनको दियो बाली बस्छु तिमी आउने आसमा
तिम्रै नाम गुञ्जीरन्छ मेरो हरेक सासमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘माधवी र राधा’ सङ्ग्रहमाथि नारी नयनमा परेका दृश्य. . .

यतिबेला मेरो हातमा मदन पुरस्कार प्राप्त दई उपन्यासहरू छन्- यौटा ‘मदनमणि दीक्षितको माधवी’ र अर्को ‘कृष्ण धरावासीको राधा’ । यी दुबै उपन्यासका प्रमूख पात्र नारी नै छन् । महाभारतको उद्योग पर्वमा उल्लेख गरिएकी माधवीलाई प्रमूख पात्र बनाएर मदनमणि दीक्षितले उत्तर वैदिक कालीन उपन्यास माधवी लेखेका छन् भने महाभारतको युद्धका प्रमुख नायक कृष्णकी प्रेमिका राधालाई मूल पात्र बनाएर कृष्ण धरावासीले राधा लेखेका छन् । यी दुबै कृतिहरू अत्यन्त सुन्दर साहित्य शिल्पीले लिपिबद्ध छन् । २०३९ सालमा प्रथम पटक प्रकाशित भएको माधवीले २०३९ सालमै मदन पुरस्कार पाउन सफल भएको छ भने २०६२ सालमा प्रकाशित भएर सोही साल मदन पुरस्कार प्राप्त गरेको छ राधाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फूलजस्तै छे मेरी ऊ

बाहिरबाट हेर्दा यो घर खण्डहर जस्तो लाग्छ, मानौँ वर्षौँदेखि यो खालीखाली छ । चारैतिर अत्यासलाग्दो झाडी र झुम्म परेका रूखहरूको बीचमा ठडिएको यो घरलाई सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि एकपटक पुलुक्क हेरेर जान्छन् । सायद उनीहरूको मनमा पनि यस्तैयस्तै जिज्ञासाहरू उठ्दा हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उस्तै छ मुनामदनको क्रेज

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम क्षणमा भनेका थिए-‘मुनामदन बाहेक मेरा अरू सबै सिर्जनाहरू जलाइदिनु ।’ सिर्जनाहरू मध्येबाट किन मुनामदनलाई मात्र माया गरेका होलान् त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •