रोइरहेछ बिरहले मन


आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून
दिन रात रोइरहेछ बिरहले मन ।

प्यारो कृष्ण कहाँ गयौ एक्लै छु म राधा
तिम्रै पिरले यो ज्यान सुकी भैसक्याछ आधा
मनको दियो बाली बस्छु तिमी आउने आसमा
तिम्रै नाम गुञ्जीरन्छ मेरो हरेक सासमा ।

राधा बिना कृष्ण पूरा हँदै हुन्न भन्थ्यौ
तिम्लाई छोडी अरुलाई छुँदै छुन्न भन्थ्यौ
मलाई छोडी बटुल्यौ नि किन त्यति धरै
अझै पनि लाग्छ किन कृष्ण हो नि मेरै ।

मीठो बोल्यौ तर तिम्रो छलि रैछ मन
मलाई भने तिम्रै मायाँ लाग्छ किन किन ।

कति गाउँ बृन्दाबनमा बिरहको धून
आगो जस्तै लाग्न थाल्यो पूर्णिमाको जून
मेरो कृष्ण किन टाढा भयौ यसरी
तिमी बिना एक्लो जीवन बाँचु कसरी

कहिले सुन्न पाउँछु होला बाँसुरीको धून
तिमी बिना शुन्य-शुन्य लाग्छ बृन्दाबन ।
आऊ न कृष्ण सुनाइदेऊ बाँसुरीको धून
दिन रात रोइरहेछ बिरहले मन ।
हालः काठमाडौँ ।
२०६७ । ५ । १६ कृष्ण जन्माष्टमी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *