प्रेम चापागाईं
कान्छी को कुरा पनि कस्तो कस्तो
के हो कुरा कान्छी तिम्रो भरी हुने खाली हुने?
आफै मास्ने बगैचा त्यो अनि आफै माली हुने !
पानी हाल्ने गोडमेल गर्ने जरा काट्ने पनि आफै !
किन सुक्यो भनि सोद्धा तिमीलाई गाली हुने ?
तिमी नैत छौ नि त्यहाँ किन दोस अरु लाई?
तिमी माली बगैचाको फुल किन जाली हुने?
आफै रोप्ने आफै गोड्ने अरुलाई किन मोड्ने
आफु लिने बास्ना अनि फेरी किन साली हुने ?
सेती हुने गोरी हुने भन्दै हिड्ने सुरुमा चाई
के को अफर आयो फेरी किन रहर काली हुने ?
मान्छे थरीथरीका
खोल अर्कै टासीकन हल्ली हल्ली हिड्ने मान्छे
मेला बजार भिडभाडमा दल्लि दल्लि हिड्ने मान्छे
जानी जानी देखि देखि नदेखेझैँ जस्तै गरी
मूलबाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे
देख्योभनि चिन्छन होला बोलाऊछन् कि जस्तो गरी
चारै तिर हेर्दै छिटो डल्लि डल्लि हिड्ने मान्छे
रेस्टुरा र बार देखि टुकुरेका भट्टी सम्म
साझ बिहान हरदम रल्लि रल्लि हिड्ने मान्छे
अन्जान संग आकाश पाताल मंगल ग्रह तारा जोड्यो
जानिफकारका अघि यिनी छल्लि छल्लि हिड्ने मान्छे
मन
जता राम्रो उतै तिर सबको हुन्छसर्ने मन
लेक बाट बेसी हुदै तराई तिर सर्ने मन
कोलाहल मच्चाएर अर्थ छैन जिउनु कुनै
सकेसम्म धेरै सम्म माया प्रिती छर्ने मन
पिडा सही चुप चाप नबोलेर बस्नु भन्दा
आइलाग्ने हरु संग खुलमखुल्ला पर्ने मन
सबै समू आफुलाई चिनाई राख्न टिकाई राख्न
समयमै दुइ चार पैसा जोड जाम गर्ने मन
बैस छदा जति सुकै पाप कर्म गरे पनि
बुढेसकालमा सबको हुन्छ बैतरणी तर्ने मन
सेवा गर्ने धर्म गर्ने यस्तै यस्तै अरु के के
ठुलो मान्छे बन्ने तर हुन्न कस्कै मर्ने मन
के हुदैछ आज भोलि
टुटाउँदै फेरि साइनो गाँस्नेहरू मौलाउँदै छन्
छिमेकमा मर्दा पर्दा हाँस्नेहरू मौलाउँदै छन्
दुर्जनको होला पालो त्यसैले त आज भोलि
टुसाउदैका टुना मुना माँस्नेहरू मौलाउँदै छन्
साँरक्षीत छन् दोषीहरू टाउकेबाटै यो देशका
गोडछु भन्दै हागा सबै लाँस्नेहरू मौलाउँदै छन्
सज्जनलाई आफ्नै गाउँ साझ बिहान भर छैन
मध्य रातमा सडकमा बास्नेहरू मौलाउँदै छन्
सड्यन्त्र का हिमायती लाचाहारी र भ्रस्टचारी
समान यौटा खोल अर्कै टास्नेहरु मौलाउदै छन्
अझै बल्झीदै छ घाउ
पुस महिनाको जाडोमा एकाबिहानै किन मानिसहरूको चहल पहल छ भनी बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरकी मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको घरमा साना साना तीन बच्चा र धनबहादुरको घरमा पनि दुई जना छन् । सीता देवीका श्रीमान कतारमा तातो हावा सगै आफ्नो जीवनलाई चौथो पटक होमिरहेका छन् धन कमाउने आसै आसमा । सपूर्ण गाउँ सन् सानी पूर्ण भयो त्यो हल्ला बिदेशमा पनि तुरुन्तै पुगिहाल्यो।
कुरा कस्तो लागो
मुटु भित्रै राखौ भन्छु घर घर भन्छौ तिमी
तन मन मिली सक्यो थर थर भन्छौ तिमी
हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने
नामै काडी बोलाऊ भन्छु सर सर भन्छौ तिमी
उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन
बढ़ीराछ भेल बाढी तर तर भन्छौ तिमी
दुनियाको आखा छोपी काहिले सम्म टिक्ने होला
संगै बाच्ने मर्ने भन्छु डर डर भन्छौ तिमी
आधा तिम्रो आधा मेरो दुवै मिल्नु पर्छ भन्छु
मलाई मात्र खाली खाली भर भर भन्छौ तिमी
उनको यादले फेरि सतायो
त्यही बाटो हिड्नु पर्यो फेरि याद आयो
काल रात्री भइगो आउदा त्यो अधेरी याद आयो
हावा हुरी धुलोसँगै सुकेका ती बुट्यान चिर्दा
खस्ल्याँङ खस्ल्याँङ आवाज अनि खडेरी याद आयो
पातसरी सानो कुवा लामो बाटो अधेरीमा
अञ्जुलिले प्यास मेट्या पधेरी याद आयो
मैले झार्दा उनी थाप्थिन उन्ले झार्दा मैले
आधा आधा पारी खाको चेरी याद आयो
छुट्ने बेला, कसो गरौ कसो, भाथ्यो
लुकी बस्यौ धेरैबेर तेइ मझेरी याद आयो
राम्री काली
मनमनै दन्किएर हास्न खोज्छे काली
चुडाउछे साइनो फेरी गास्न खोज्छे काली
मनपरी वरिपरी जस्तो लाग्यो गरिहाल्यो
पलाएका मुनाहरु लास्न खोज्छे काली
कती चाडो लाग्यो उस्लाई यौवनको मात
कुरकुराउने बेलामानै बास्न खोज्छे काली
अनेकथरी बहाना र रुप रंगी चंगी
कता गास्छे साइनो अनि यता मास्न खोज्छे काली
नबुझिने माया प्रिती तेस्तै आनिबानी
भित्र भिन्नै बाहिर भिन्नै टास्न खोज्छे काली
नेपालका नेताहरू कस्ता
कुर्सी, मन्त्रि ,कुर्सी ,मन्त्रि त्यसै मात्र गर्छ नेता
कता अलि बढी फाइदा उतै उतै सर्छ नेता
हाम्रो लागि देशको लागि गर्छ भन्ने कुरै छोडौ
कहिले काही भेट्न जादा उसै आखा तर्छ नेता
माखो मार्ने हैन देशमा ओठे भासण गर्दै हिड्यो
खुट्टा यता थुतुनो चाई अर्कै तिर चर्छ नेता
भोका नांगा गरिबको सपना साकार पार्ने निउमा
आफुलाई चाई पुस्तौ पुग्ने एकैचोटी भर्छ नेता
शब्दै बिग्रियो नेता भन्नु इनको नियतीले
बुडो गोरु कोरलीमा,खै.. त्यसरीनै लर्छ नेता
- « Previous
- 1
- 2
- 3
- Next »

ठुलो स्वरले बोल्ने हरूकै बोली हराउछ