Skip to content

तिता अनुभवहरू


ढाल बनाएर सोझाहरूलाई तात लगायो
ताल मिलाउन नजन्नेलाई लात लगायो

भाग्न खोज्ने निर्दोसलाई छेक्यो अनि
जालमा पारेर पकड़नालाई हात लगायो

पालै पालो आयो धमक्यायो अनि आफू खुसी
बाल उठायो जसले उसैले खात लगायो

कोपिलानै फुल देख्यो चुड्यो लतार्यो उखेल्यो
फुल्न नपाउदै झार्यो अनि नमेटिने दाग लगायो

आफ्नै विचारलाई कानून मान्यो नासुन्यो कुरा कसैको
काल गर्छु भन्यो नभन्दै परिवारमा घात लगायो

2014-03-21 14:39:34 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *