तिमीसँगै हराएका पल खोज्दै छु म
तेतै आउन ठेल्नलाई गल खोज्दै छु म
हराई गए अमन चैन शान्ति हराई गयो
मन माझ शान्ति ल्याउने जल खोज्दै छु म
मिठो लाग्थ्यो लटरम्मै फलेका ती दानाहरू
खादै गयो बढ्दै जाने ती फल खोज्दै छु म
रित्तै आइस भन्छौ होला त्यसैले त आजभोलि
कुर्था सुरुवाल अनि एउटा सल खोज्दै छु म
बाटो खोज्दै भौतारिदा बिती गए पल पल
चाडै अब नपख्नुको हल खोज्दै छु म
