प्रियसी संगको त्यो क्षण

रुख बाहेक हाम्लाई देख्ने तारा अनि जुन थियो
अरु हुदा नबज्ने त्यो संगीतको धुन थियो

बादल लाग्दा छाया पर्थ्यो त्यही छायामा छेल्लिएर
पर्तेकले पर्तेकलाई अलग अलग छुन थियो

झरनाको पानी बाहिर छंग छंग गरि बजे पनि
गड-गडाएर बग्ने केवल नसा भित्र खुन थियो

रसिला ती मोती दाना जुन ताराले बर्षाउदा
खान्न खान्न भन्दै खाने त्यही राम्रो गुन थियो

जे -जे आउछ आउदै गरोस जाने जादै गर्छ
मलाई, उनि मेरी म उनको त्यती मात्र हुन् थियो

आट थियो जात थियो भरोसा र साथ थियो
आजपनि बहकिन्छ मन अनि साथी सोध्छन कुन थियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *