फाटे पनि मन मुटु सिएको नै राम्रो हुन्छ
हिम्मत गरी सबै सामू जिएको नै राम्रो हुन्छ
मनभित्र चाह लुकाई गुम्सिएर रहनुभन्दा
मिलीमिली कहिलेकाहीं पिएको नै राम्रो हुन्छ
बेकार हुन्छ मुला पनि मौलाएर होक्से हुदा
भित्र दरो बरु बाहिर चाहिं खिएको नै राम्रो हुन्छ
लोभ्याएर अलि अलि, अलि अलि गर्नुभन्दा
घोप्त्याएर सबै उनलाई दिएको नै राम्रो हुन्छ
