Skip to content

कथा व्यथा गाथा उनकै सुनिदिउ जस्तो
उनलाईनै जिबन साथी चुनिदिउ जस्तो

तानाबाना मिलाएर अल्मल्याउदै आफैसंग
मिलाएर आधा आधा उनिदिउ जस्तो

हरेक पल हरेक क्षण मुटु भित्रै सजाई राख्न
कोठा भित्र हुदा झ्याल थुनिदिउ जस्तो

लाखौ लाखमा एक उनि रोजाइमा पर्दा ,लाग्छ
जुनी जुनी सयौ जुनी ,जुनीदिउ जस्तो

पर पर अलग अलग -अलग अलग कति हिड्नु
माया जाल नफुत्किने बुनिदिउ जस्तो

Leave a Reply

Your email address will not be published. Required fields are marked *