दुख्छ मुटु छातीभित्र भीमराज पाराङ गजल by Bhim Raj ParangFebruary 13, 2014दुख्छ मुटु छातीभित्र….ब्यथाहरू बल्झिनाले छाडी जाने निर्मोहीको बाँकी याद अल्झिनाले छुपाएरै राखुँ भन्छु… चोट सधैं दुनियाँ माझ पारादर्शी बन्छ तर आँखा बिच छछल्किनाले साथी संगी भेट हुँदा… उजेलीमा ओठ् हाँसे नि अँध्यारोमा एक्लै रुन्छु पापी रात ढल्किनाले
बाटो बन्द भएपछि भीमराज पाराङ मुक्तक by Bhim Raj ParangFebruary 20, 2012देश शृंगार्ने देश सपार्ने पाटो बन्द भएपछि महङ्गीले मुखमा हाल्ने आँटो बन्द भएपछि हामी युवा परदेशिन वाध्य भयौ ए नेता हो आफ्नै देशमा रोजगारीको बाटो बन्द भएपछि !
मेरो याद्ले सताउँछ कि सताउँदैन ? भीमराज पाराङ गजल by Bhim Raj ParangNovember 27, 2011मलाई झैं तिम्लाई याद् आउछ कि आउँदैन ? भन प्रिया बाडुलीकिले सताउछ कि सताउँदैन ? एक अर्काबिच् अंगालोमा हराएका सम्झनाले झस्काएर घरी घरी तड्पाउछ कि तड्पाउँदैन ?
जुर्मुराएकी थिइन् भीमराज पाराङ गजल by Bhim Raj ParangNovember 11, 2011सुरुमा त निकै डराएकी थिइन् र बोली पनि लर्बराएकी थिइन् पहिलो स्पर्ष मैले के दिए थेँ झनै ओठहरू थर्थराएकी थिइन्
गजल बनी लेखिन्छ चोट् भीमराज पाराङ गजल by Bhim Raj ParangAugust 28, 2011जब पीडा बढ्छ गजल बनी लेखिन्छ चोट् भित्र भित्रै लुक्छ बाहिर कहाँ देखिन्छ चोट् ? मनमा हैकम् चलाऊँछ, मुटु साह्रै जलाउछ बाहिर छाती छामेर मात्रै कहाँ भेटिन्छ चोट् ?
नखाएको बिष लाग्न थाल्यो भीमराज पाराङ गजल by Bhim Raj ParangAugust 26, 2011जब दुख ओइरिएर जोवन ढाक्न थाल्यो सुख सबै तर्किएर पर पर भाग्न थाल्यो दुख पनि यति धेरै घरदेखि यहाँ परसम्म संघर्ष गर्दागर्दै पनि सीमा नाघ्न थाल्यो
ब्यथा – मेरी आमाको भीमराज पाराङ गजल by Bhim Raj ParangAugust 18, 2011रुदै होलिन् मेरी आमा लेक बेंसी गर्दा खेरी बर्खेमास धान रोप्न गैरी खेतमा झर्दा खेरी हात गोडा काठयाङ्ग्रिएर झम्झमाउदै होलान् एका बिहानै पधेरीमा पिउने पानी भर्दा खेरी
आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए भीमराज पाराङ गजल by Bhim Raj ParangAugust 14, 20112 Commentsआऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए ! छातीभित्र थुप्रै चोट लुकेको हेर्ने भए ! तिमी झैं धनको आड्मा बढ्न नसकी गरिबीले पाईला मेरा रुकेको हेर्ने भए !
उनी बिना जिन्दगी बेकार लाग्छ भीमराज पाराङ गजल by Bhim Raj ParangAugust 11, 2011उनी बिना जिन्दगी बेकार लाग्छ ! सधैं एक्लै जिउनु दिक्दार लाग्छ !
तिमीसंगको त्यो पहिलो रात भुल्या छैन भीमराज पाराङ गजल by parangOctober 15, 20101 Commentओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन रातो लाली मेरो ओठमा सरेको भुल्या छैन झरना सरी झरेको केश, मुहारबाट हटाएर चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन