मेरो याद्ले सताउँछ कि सताउँदैन ?


मलाई झैं तिम्लाई याद् आउछ कि आउँदैन ?
भन प्रिया बाडुलीकिले सताउछ कि सताउँदैन ?

एक अर्काबिच् अंगालोमा हराएका सम्झनाले
झस्काएर घरी घरी तड्पाउछ कि तड्पाउँदैन ?

कति रात अनिदोमा, काट्न गाह्रो हुँदा यता
उता पनि हम्फे हम्फे बनाउँछ कि बनाउँदैन ?

मुटुभित्र अनेक् अनेक् ब्यथाहरू उर्लेर झन्
बिछोडका घाउहरूले बिझाउछ कि बिझाउँदैन ?

मलाई झै तिम्लाई याद आउछ कि आउँदैन ?
भन प्रिया बाडुल्कीले सताउछ कि सताउँदैन ?

रचना : 27/11/211

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *