नखाएको बिष लाग्न थाल्यो


जब दुख ओइरिएर जोवन ढाक्न थाल्यो
सुख सबै तर्किएर पर पर भाग्न थाल्यो

दुख पनि यति धेरै घरदेखि यहाँ परसम्म
संघर्ष गर्दागर्दै पनि सीमा नाघ्न थाल्यो

खुशी त कहाँ मिल्छ र दुखिया जीवनमा
रुवाएर पीडाले झन् जोवन हाँक्न थाक्यो

जुध्दा जुध्दै हजारौ चोट र समस्यासँग
जवानी यो दुई दिनको यसै थाक्न थाल्यो

कर्मै खोटो भएपछि कस्को के लाग्छ र ?
नखाएको बिष आज त्यसै लाग्न थाल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *