रुदै होलिन् मेरी आमा लेक बेंसी गर्दा खेरी
बर्खेमास धान रोप्न गैरी खेतमा झर्दा खेरी
हात गोडा काठयाङ्ग्रिएर झम्झमाउदै होलान्
एका बिहानै पधेरीमा पिउने पानी भर्दा खेरी
दमको ब्यथा चापेर, आत्थु आत्थु पार्दो हो
एक रफ्तारमा खोकेर झन्डै झन्डै मर्दा खेरी
एक मुठी तातो दिने कोही पनि भएनन् की
सुल्के गानु बल्झिएर कहिले ठहरै पर्दा खेरी
यस्तै यस्तै दु:ख अनेक् झेल्दै होलिन् कति
साथ दिने म छोरोले सात समुद्र तर्दा खेरी
