जब पीडा बढ्छ गजल बनी लेखिन्छ चोट्
भित्र भित्रै लुक्छ बाहिर कहाँ देखिन्छ चोट् ?
मनमा हैकम् चलाऊँछ, मुटु साह्रै जलाउछ
बाहिर छाती छामेर मात्रै कहाँ भेटिन्छ चोट् ?
आँखाबाट छल्किएर, झर्दै झर्दै जान खोज्छ
छुपाएर राख्न खोज तर कहाँ छेकिन्छ चोट् ?
कतै कतै पासो बनी अकालमा झुन्ड्याउछ
कतै भने छुरा बनी घाटीमाझ् रेटिन्छ चोट् !
बाचुन्जेल् रुवाउछ र जिन्दगीलाई कुहाउछ
जब सास् रोकिन्छ तब मात्र मेटिन्छ चोट् !
