दुख्छ मुटु छातीभित्र


दुख्छ मुटु छातीभित्र….ब्यथाहरू बल्झिनाले
छाडी जाने निर्मोहीको बाँकी याद अल्झिनाले

छुपाएरै राखुँ भन्छु… चोट सधैं दुनियाँ माझ
पारादर्शी बन्छ तर आँखा बिच छछल्किनाले

साथी संगी भेट हुँदा… उजेलीमा ओठ् हाँसे नि
अँध्यारोमा एक्लै रुन्छु पापी रात ढल्किनाले

कैले हाँस्ने कैले रुने अचेत् पागल् सरी हुने
बिताएका पलहरू ती घरी घरी झझल्किनाले

जीवन भरी नमेटिने पीडा कस्तो यो घाउको ?
पापिनीको झुटो माया हृदय माझ् सल्किनाले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *