उनी बिना जिन्दगी बेकार लाग्छ !
सधैं एक्लै जिउनु दिक्दार लाग्छ !
सम्झिदा गाँउघर अनी प्रियसीलाई
उकुस् मुकुस् साह्रै अत्यार लाग्छ !
तड्पिएरै बाँच्नु पर्ने सधैं खाडीमा
आफ्नै कर्म देखी धिक्कार लाग्छ !
निधारमा लेखे पछि भाग्यै खोटो
सधैं पुज्ने देबता नै गद्धार लाग्छ !
भीमराज पाराङ
