आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए !
छातीभित्र थुप्रै चोट लुकेको हेर्ने भए !
तिमी झैं धनको आड्मा बढ्न नसकी
गरिबीले पाईला मेरा रुकेको हेर्ने भए !
रातदिन दुखसँग लुकामारी खेल्दाखेल्दै
परेलीका आँशु त्यसै सुकेको हेर्ने भए !
तिम्रो जीतमा जानी जानी आँफै हारेर
दुनियाँ छेउ शिर यसै झुकेको हेर्ने भए !
तिमी आकासिँदै छौ तर म भासिँदै छु
बिस्तारै हाम्रो सम्बन्ध छुटेको हेर्ने भए !
तिमी जुन आकाशको म धुलो भुईको
तिम्लाई छुने सपना चुकेको हेर्ने भए !

सुन्दर गजल
सुन्दर गजल लेख्नु भयो भिम जी .धन्याबाद छ लेख्दै जानुहोला
मनोज मनसुन
भीमराजको मुटु हेर्नु होला
नमस्कार !
वाह !
मिठो गजल ।
फेरी फेरी पढ्ने आशा राखेको छु ।
धन्यबाद !