पानीको फोका जस्तै
पानीको फोका जस्तै फुटयो हाम्रो माया
नचाहादा नचाहँदै छुटयो हाम्रो माया
पानीको फोका जस्तै फुटयो हाम्रो माया
नचाहादा नचाहँदै छुटयो हाम्रो माया
हिजै मात्र मित्र सुरेन्द्र मैनाली र म खार्तुम आइपुगेका थियौँ, डारफरबाट। इजिप्ट र जोर्डन घुम्न जाने क्रममा बाटो परेको थियो खार्तुम। १८ मे अर्थात् आजै रातीको ११ बजेको पलाइटबाट इजिप्टका लागि उड्नु थियो खार्तुमबाट। मक्का आँखा अस्पतालको नजिकैको इन्डिया हाउसमा थियो बास। सुडानको खार्तुममा पनि व्यापारमा आपनो पकड बनाउन सफल रहेछन् भारतीयहरू। सस्तो र नेपाली खानाको स्वादले गर्दा खार्तुम यात्रामा लगभग सधैँ बास इन्डिया हाउसमै हुन्थ्यो हाम्रो।
तिखेमार २६ वर्षको क्रोसियन युवक हो । उसको अग्लो शरीर र बान्की परेको गोरो अनुहारले जो कसैलाई पनि आकषिर्त गर्छ । उसका लागि हुरूक्क हुने केटीहरू पनि प्रसस्तै छन् तर ऊसँग विगत पाँच वर्षदेखि कुनै केटी साथी छैनन् । उसले कुनै केटी साथी बनाउने र जीवनलाई रङ्गिन बनाउने सपना पनि देख्न छाडिसकेको छ । युरोपियन समाजमा उसको उमेरका केटाहरूसँग गर्लफ्रेन्ड नहुनुलाई पनि एउटा अनौठो घटनाका रूपमा हेरिन्छ तर यो सत्य हो कि ऊसँग कुनै गर्लफ्रेन्ड छैन ।
रुवान्डा बसाइमा त्यहाँको जातीय युद्ध र रुवान्डीयनहरूको मृत्युको समाचारले मलाई पनि छोएको थियो । म निकै दुःखी भएको थिएँ । तर, म दुःखी हुनु र नहुनुको खासै अर्थ थिएन । रुवान्डाको राजधानी उत्रेपछि मलाई रुवान्डीयनहरूको दुःखमा केही गर्न नसके पनि सहानुभूति दर्शाउने इच्छा थियो । रुवान्डाको अवस्था आफ्नै आँखाले हेर्ने मन थियो ।
टेलिफोनको एकोहोरो घन्टीले निन्द्रा खुल्यो । होटलको रिसेप्सनबाट उठ्ने संकेत दिइएको रहेछ । घडी हेरेँ, बिहानको साढे ६ बजिसकेको रहेछ । अघिल्लो दिनको लामो यात्राको थकाइले ओछ्यान छाड्नै मन लागेन । तर, साढे ७ बजे होटलबाट निस्किसक्नुपर्ने भएकाले विस्तारै उठेँ । पल्लो खाटमा दाजु प्रेम मल्ल मस्त निद्रामा हुनुहुन्थ्यो । उहाँको निन्द्रामोहलाई बुझेर उठाइहाल्न पनि मन लागेन । एकैछिन झ्यालमा बसेर टोलाइरहेँ ।
सा”झको ९ बज्दै थियो । फतिमा आदम सबै छोराछोरीहरूलाई खाना खुवाइवरी फटाफट घरधन्दा सक्न व्यस्त थिइन् । आज उनलाई निकै ठूलो काम गर्नु छ, उनको कामको गति हर्ेदा यस्तो लाग्थ्यो । उनी हरेक बिहीबार यस्तै हतारो गर्छिन् । काम नै कामको बोझले उनलाई कतिखेर दिन कट्छ, पत्तै हु”दैन । हरेक बिहीबार उनको मन २५ वर्षो तरुनीको जस्तै चञ्चल हुन्छ । ९ बजेभित्रै भान्साको सबै काम सकेर छोराछोरीहरूलाई सुत्न पठाइहाल्थिन् ।
“प्रभात ! अब तिमीले आफ्नो बासको बन्दोबस्त गर । आजको ठीक एक महिनापछि तिम्रो र मेरो डिभोर्स हुनेछ । त्यसपछि म तिमीलाई मेरो घरमा राखिरहन सक्दिनँ ।” बिहान घरबाट निस्कनुअघि मेरीले भनेको कुराले एकाएक उसको मनभित्र सुनामी पस्यो । ऊसँग आफँैले आफैँलाई राहत दिनु र उद्धार पुर्याउनुबाहेक अर्को विकल्प थिएन । उसले आफैँलाई सम्झाउने प्रयत्न गर्यो । मेरीसँग बिताएका दुई वर्षका सुमधुर पलहरूको दृश्य गाढा भएर उसका अगाडि नाच्न थाल्यो । ऊ एकैछिन रोमाञ्चित भयो । तर, फेर िमेरीको घर छाडेर निस्कनुपर्ने दिन सम्झेर मन खिन्न भयो । उसको अनुहार कालो बादल लागेको दिनजस्तै भयो ।