Skip to content

पानीको फोका जस्तै

  • by

पानीको फोका जस्तै फुटयो हाम्रो माया
नचाहादा नचाहँदै छुटयो हाम्रो माया

अलिकति तिम्रो गल्ती भो
अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको

जानिनछु मैले मनको माया देखाउन
सकिनछु तिम्रो मनमा माया लेखाउन
सबै दोष मेरै भनी मानुँ म कसोरी ?
तिमीलाई पराई पनि ठानु म कसोरी ?

अलिकति तिम्रो गल्ती भो
अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको

कहिले तिमीलाई आफ्नो ठानिन र मैले?
तिमीले भनेको के मानिन र मैले ?
त्यसै-त्यसै रिसाएर कहाँ गयौ तिमी
दोष सबै मलाई दिई टाढा भयौ तिमी

अलिकति तिम्रो गल्ती भो
अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको

शब्द – राजबाबु श्रेष्ठ
स्वर – रजिना रिमाल
सङ्गीत – हरि लम्साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *