(१) बाँचेको छु
भन्छौ तिमी सधैं मुटु टुक्राएर बाँचेको छु
नबोलेरै मैले यहाँ हजार ठाउँ भाँचेको छु
कल्पनामा बहकिने शब्द जस्तो हुन्न जीवन
जिउँदो लासमा उनकै निम्ति हेर निस्वास साँचेको छु
बिकासले गति लिएर रोस्याट धर्तीमा झर्दैछ
सिन्धुली, ऐरको चित्कार हाम्रो बस्तीमा झर्दैछ,
मान्छेको मूल्य रहेन केही देश भयो अखडा
तुइनले बटुक नसकी थाम्न नदीमा झर्दैछ ।।