उषा न्यौपाने
रेणु
“हेर् पुष्पा मलाई त यो बच्चीको असाध्यै माया लागेर आयो ।” त्यो दिन म स्कूलबाट आउदै थिएँ, रेणु आँगनमा थिई ।
“अहो ! कति धेरै माया गरेको हो बहिनीलाई ? मामु खोइ त नानी ? ”
“म त अंकल आन्टीकोमा बस्छु ।”
“अनि … ? तिम्रो घर चाहिं कहाँ हो ?”
“रामेछाप, गाउँको अंकल आन्टीले काठमान्डौमा पढाउँछौं भनेर ल्याउनु भएको ।”
नारी अस्तित्व (सामाजिक कथा)
“सिरानघरे पन्डितको छोरा क्या त गोपाल साह्रै मिजासका छन् । समाजसेवामा लाग्या छन् रे । हेर्दा पनि खाइलाग्दा गाउँघरमा नि सबैको प्यारो भएर हिँडिरा’ छन् । हाम्री ज्योतिसँग राम्रो जोडा मिल्छ ।” गाउँका सबै भद्रभलाद्मी र आफन्तहरूद्वारा विवाहको लगन जुराए । बिचरी ज्योति यसैपाली प्रवेशिका परिक्षा दिएर बसेकी पराइघर, बुहार्तन र आफ्नो कर्तब्य नै कहाँ जानेकी थिई र ? नाइ-नास्ती गरी । तर त्यसै बलिको बोका झैं हार खाएर बसी ।
