उषा न्यौपाने

विश्व हत्केलामा राख्छु

विश्व हत्केलामा राख्छु भूजाल भन्दैछ
प्रेम र शान्ति अटेन यहाँ महल भन्दैछ

यो पात, फूल, ढुंगा, मुढा, पहाड सबै बराबर
देखाउनेछ हिमपहिरोले हिमाल भन्दैछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अपराध मनमा भरेर

अपराध मनमा भरेर गा’थ्यो मन्दिरमा खुट्टा टेकेन उसले
आस्थाको आगो रापिलो हुन्छ आरतीमा हात सेकेन उसले

सुनिश्चित गर्छौं मानव अधिकार समानता खातिर भन्दैथ्यो भर्खर
दलानमा पाइला टेक्नलाई बन्चित छोरीको आँशु देखेन उसले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रेणु

“हेर् पुष्पा मलाई त यो बच्चीको असाध्यै माया लागेर आयो ।” त्यो दिन म स्कूलबाट आउदै थिएँ, रेणु आँगनमा थिई ।

“अहो ! कति धेरै माया गरेको हो बहिनीलाई ? मामु खोइ त नानी ? ”

“म त अंकल आन्टीकोमा बस्छु ।”

“अनि … ? तिम्रो घर चाहिं कहाँ हो ?”

“रामेछाप, गाउँको अंकल आन्टीले काठमान्डौमा पढाउँछौं भनेर ल्याउनु भएको ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खुशी हुँदै रमाएर मित लाऊँ

खुशी हुँदै रमाएर मित लाऊँ भन्यो शहरले
युगौं नछुट्टिने कसम खाऊँ भन्यो शहरले

अनुकरण गर सबै मेरा राम्रा कुराहरू
दूर बस्तीका कठिनाई पन्छाऊँ भन्यो शहरले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अहो ! कस्तो अनर्थ यो

अहो ! कस्तो अनर्थ यो घरमा नैनी पसिरा’छ
मेरो मदन भड्काउँछु भनी कम्मर कसिरा’छ

नानाभाँती फलाकेर गोही आँशु झारिदिँदा
असत्यलाई सत्य भन्दै आकाशवाणी खसिरा’छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उड्दै थिएँ पंक्षी सरी

  • by

उड्दै थिएँ पंक्षी सरी वेग मारी भीरबाट
जालमा पारी प्वाँख लुट्यौ कुल्चिंदैछौ शीरबाट

दि-स्वप्नमा हराई रमाऊ झारिदिएँ खोंचमा भनी
बुझें मैले जीवनको रीत कल्कलाउने तीरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुख्दा मन झर्यो आँशु

  • by

दुख्दा मन झर्यो आँशु झेलमा पारिस भन्यौ
मुटु चुँडी दिएँ मैले तेलमा खारिस भन्यौ

घाइते थियौ डोर्‍याउँदै लगें चुचुरोमा
पहिरो आई भीर खस्दा भेलमा झारिस भन्यौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चार मुक्तक (सकुँ, चाहिंदैन, हुँदा, नभन)

  • by

१)
अन्धकार ती बस्तीभित्र सौरभ बन्न सकुँ
दरिद्रीमा आफू रित्तिई कौरव बन्न सकुँ
निस्काम हुन्छ सुकाम जहाँ घमन्डले राज गर्छ
यस्तो कर्म गरुँ सबको गौरव बन्न सकुँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ

शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
आफैं टाढा हुँदा मंगल धूनले रुवाउँदैछ ।।

कमेरो र रातो माटो लाउँदै हुन्थें घरमा
बिरानो यो शहरको चूनले रुवाउँदैछ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कस्तो पाप भरिएछ

  • by

कस्तो पाप भरिएछ फूलमा पनि भेट्छु तुष
अमृत भन्दै पिलाउँदैछ प्रियतमले आफैं विष

पत्र पत्र केलाउदै छरिदिन्थ्यौं शीरमा फूल
ममताले बोलाउदै ओडाइदिन्थ्यौं शीताराको तूल
आज आँशु झरिरहेछ छैन मेरो खुशीको शेष
अमृत भन्दै पिलाउदैछ प्रियतमले आफैं विष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (मर्छे छोरी, टीका लाग्छ)

  • by

१)
पूर्ण आकर पाउनु अघि गर्भ भित्रै मर्छे छोरी
विना दोषै समाजको तिरस्कारले झर्छे छोरी
अँठ्याई घाँटी पुरुषत्व लिन्छ मुठ्ठी स्वास अनि
मृत्युपछि पनि बद्नामीको तक्मा भिर्छे छोरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारी अस्तित्व (सामाजिक कथा)

“सिरानघरे पन्डितको छोरा क्या त गोपाल साह्रै मिजासका छन् । समाजसेवामा लाग्या छन् रे । हेर्दा पनि खाइलाग्दा गाउँघरमा नि सबैको प्यारो भएर हिँडिरा’ छन् । हाम्री ज्योतिसँग राम्रो जोडा मिल्छ ।” गाउँका सबै भद्रभलाद्मी र आफन्तहरूद्वारा विवाहको लगन जुराए । बिचरी ज्योति यसैपाली प्रवेशिका परिक्षा दिएर बसेकी पराइघर, बुहार्तन र आफ्नो कर्तब्य नै कहाँ जानेकी थिई र ? नाइ-नास्ती गरी । तर त्यसै बलिको बोका झैं हार खाएर बसी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
UshaNeupane

तीन मुक्तकहरू (थिएँ, खुवाउँदैछ, भएँ रे)

बा-आमा त्यागी आएँ सानैमा तिमी नै सर्वस्व ठानेकी थिएँ
बुहार्तन हप्की खेपेर पनि आदर र सत्कारले मानेकी थिएँ
के कमी भयो र? छेड्यौ यो मुटु बाँचेमा जीवनको अन्तिमैसम्म
राख्नेथेँ शीर पाउमा तिम्रो बुहारी धर्म त जानेकी थिएँ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेमको कामनाको यस्तै भक्ति

  • by

प्रेमको कामनाको यस्तै भक्ति सदा संस्कार बनोस्
शान्ति, सद्भाव, ममता, प्यारको जीवन अलंकार बनोस् ।

संसार उजाड मात्र हुन्न, प्राकृत कला हो यो साउन
पतझड पार्ने शीशिरमाथि मेघको यस्तै हुंकार बनोस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भित्र भित्रै तिम्रो जाली खेलले पोल्यो

  • by

भित्र भित्रै तिम्रो जाली खेलले पोल्यो मलाई
सोझो पनको फाइदा लुट्यौ झेलले पोल्यो मलाई ।।

समाजको मुख राख्न तिम्रो हात समाएथें
पहिलो प्यारलाई बिदा दे’को रेलले पोल्यो मलाई ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तकरू (भयौ, सकिन, मीठो)

  • by

(१)
टाउकोमाथि कुल्चिँदा नि सहिरहेँ डाँस झैं भयौ
अत्याचारमा मौलाएर मलसाप्राको घाँस झैं भयौ
जे गरे नि हुन्छ भन्दै साँढे बनी डुक्री हिंड्दा
आकासिएको टुप्पो तान्दा पड्किएको बाँस झैं भयौ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रीतको सयरभित्र थियौं

  • by

प्रीतको सयरभित्र थियौं औंशी रात नि सफेद थियो
वर-पीपल झैं जोडी रम्ने वर-पीपलकै फेद थियो ।।

प्रत्येक रंगीन साँझदेखि माथमा शीत झर्दासम्म
शब्द, वाक्य मात्र हैन प्यारकै अनुच्छेद थियो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)

  • by

धेरै दिनपछि फेरि तिम्रा पत्र हेर्दैछु म
अतितका याद बल्झी अलपत्र पर्दैछु म
मायाका यी शब्दहरू मुटु छेड्ने बाँण भएछन्
शब्द-बाँण भाँच्न आँशु यत्र तत्र छर्दैछु म ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेमौसमी बर्षातले माथैभरि चुटेर गयो

  • by

बेमौसमी बर्षातले माथैभरि चुटेर गयो
खुशी काँच-चुरासरि लाउँदा लाउँदै फुटेर गयो ।

कति लाचार भयो जीवन निरसमा बद्लिएर
आश देखाई भाग्यले नै सारा हाँसो लुटेर गयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •