Skip to content

नियतिको बज्र ध्वनि मन भरी बसिरह्यो

  • by


नियतिको बज्र ध्वनि मन भरी बसिरह्यो
पसिना र आँशु एकै बाटो गरी खसिरह्यो ।

ठेला उठाई रगतले सिंचाएको पाखो बारी
जिउने सानो आधार पनि भेलमा परी धसिरह्यो ।

दुधे नानी घरमै छाडी जानै पर्ने काम गर्न
पापी सर्प पसी भित्र तनै भरी डसिरह्यो ।

आकाश चुम्छन् महल यहाँ कालो बादल छिचोलेर
यो दुखिकै छानोबाट बर्षे झरी पसिरह्यो ।

सुन्छु माग्या सयौं जुनी खुशी भई रमाएर
पल्पल् मरें पीरले मुटु घरी-घरी कसिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *