Skip to content

जोडिन्न अब टुटेर गएँ

  • by


जोडिन्न अब टुटेर गएँ, झरेको तारा म
बाँडिएँ हजार भङ्गालाभरि, धर्तीको चिरा म

प्रीतिको घडा भरिँदै थियो, तिमीलाई भेटेर
संसारै सारा जिते झैं लाग्थ्यो, त्यो प्यारमा रमेर
उडाई लान्छु भन्दै हात थाम्यौ, मायाको गगन
शयनमाथि राख्यौ फूल छरी, खुकुरी धारमा

जोडिन्न अब …..

पीरको गाँठो झन् दर्हो भयो, आँशुले भिजेर
चकिई छाती मायाको अँकुर, मर्दैछ सुकेर
सागर बीच टल्केको जूनलाई, देखाउदै नमूना
बनौंला भन्दै अँगालो मारी छडिदेऊ, जँघारमा

जोडिन्न अब ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *