Skip to content

निशा खनाल अर्याल

“दावित मेलेख इजरायल” भनेर चिनिने इजरायल देश

इजरायलको बालककाल्य जीवनहरूलाई मैले काम गर्न आउने प्रशंगमा आज ९२ बर्षको उमेर बिताइसकेको, र सानो उमेरमा अनेकौ कष्ट भोगेको सबै आफ्नै आँखाले झल्झली देखेको अनि आफ्नो कानले सुनेको छ उसले जुन आज पनि त्यो पललाई सम्झेर बलिन्द्र धारा आँसु झार्दै मैले इजरायलको बारेमा केही जान्न इच्छाले प्रश्न गर्दा त्यो बेलाको संगठित इजरायल भूमिको इतिहास बताउन थाल्छ ।

जन्मदै पलिष्टयन भूमि इजरायलमा अंग्रेजहरूको शाशनमा रहेर उनीहरूसित मिलेर जीवन बिताउने क्रममा उसले आफ्नो जीवनका तिता मिठा पलहरू यसरी ब्यक्त गर्छ । धेरै दाजुभाइ दिदी बहिनीहरू मध्यको चौथो सन्तानको रुपमा जन्म भएको इजरायल भन्छ हेर निशा शरीरलाई ओत हाल्ने घर भएर मात्र के गर्नु ।

ऋषि पञ्चमीको महत्व

भाद्र शुक्लपक्षको पंचमी “ऋषि पंचमी” जुन महिलाको लागि अति नै महत्व मानिन्छ ! अँध्यारै मै तीन, चार बजे बिहानै उठेर आफ्ना परिवार तथा छिमेकी साथीहरूसँग रमाउदै नदीमा गई आफ्नो नित्य स्नान गरेर चोखिनुभन्दा पैला त्यहा विभिन्न विधिबाट बर्ष दिनभरि आफूले जानी नजानी गरेको पाप, अर्थात् महिनामा हुने राजस्वलाको समय हुन् जाने छुइ-छाई यो सबैका लागि मान्य होश वा नहोश, आजको आधुनिक युगमा यस्ता कुरुतिलाई माकुराको झालोलाई पन्छाए झैँ बढ़ारेर फलेता पनि हाम्रो नेपाली हिन्दु समाजमा यसको अँझै पनि महत्व छ ।

हरितालिका तीजको कथा

जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुई भवानी-शंकरलाई नमस्कार गर्दछु ।

कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टिरहेकी माता पार्वतीले श्री महादेवजीलाई सोध्नु भयो – हे महेश्वर मलाई गोप्यभन्दा गोप्य कुरा भन्नुहोस जुन हजुरलाई मात्र थाहा छ र !

हिन्दु नारीको लागि तीज

हिन्दु नारीहरूको लागि महान अनि पबित्र चाड हो तीज, ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ। हरेक बर्ष घुम्दै समयको चक्रसँगै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागि साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइसकेको छ यो बर्ष पनि ।

आफ्नो धर्म र संस्कृतिको परम्परालाई जोगाउनु मात्र हैन आफू भित्रको आत्मा सन्तुष्ट प्राप्त पनि गर्दछन नारीहरूले।

जनै पूर्णिमा

अति उतम मानिने हिन्दु परम्परा जनै पूर्णिमा, दिदी, बैनी र दाजुभाइको गहिरो नाता हातमा रक्षाको धागो बानेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्व मानिन्छ ! आज देखि बर्ष दिनमा आउने चाड पर्ब शुरु हुने गर्दछन ।

जनै पुर्णीमाको दिन मुलरुपमा ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सुचक धागो बांधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर उल्लेख विभिन्न धर्म ग्रन्थमा भएता पनि, यसलाई विद्धान, समाजमा जे जसरी लिउँन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन !

मुस्कान

चकमन्न टनटला पुरी घाम एक्कासि टंग टंग गर्दै बाहिरको गेटको चुकुल तलमाथि खोलेको झैँ आवाज आयो । मैले आफ्नो ध्यान एकछिनको लागि त्यो आवाज पट्टि केन्द्रित गरे, । किनकि म आफ्नो कोठामा बसेर लेख्न मस्त थिए । अति नै गर्मी चैत्र महिनाको समय, बाहिर तातो हावा, ह्वा ह्वा गर्दै घरको छाना नै उडाउला गर्ने हुरी अनि आगो झैँ पोल्ने चर्को घामले गर्दा सबै परिवारका सदस्यहरू र घरमा आएका पाहुनाहरू भित् । र बैठक कोठामा बसेर एकापसमा बिग्रिदो देशको स्थिति, राजनीतिले गर्दा फैलिएको आतंक, आपसमा कुर्शीको लागि हानाहान, देशमा भएको महगी र एक्लै छोरी चेली हिड्न नसक्ने बाहिरको बातावरण, यस्तै कुरा गर्दै थिए केटाकेटीहरू भने तितो सत्य टिभी हेर्दै खित्का छाडी छाडी पेट मिचेर हास्नमा मस्त थिए भने बुढा आमा बाबा आराम गर्न बेडमा पल्टेका थिए । मैले झ्याल र ढोकाको जाली बाला पल्ला बन्द गरेकी थिए, के गर्नु खोल्दा पनि मच्छर र झिंगा आएर किस खाई हैरान पर्छन हात र खुट्टामा । तर यसो ढपकाएकी मात्र थिए चुकुल भने लागेको थिएँन जसले गर्दा सिर सिर तातो हावा चल्दा त्यो पल्ला ढ्याम्म ढ्याम्म गरेर बज्दा कानको जरा नै फाट्ला झैँ हुन्थ्यो लाग्दथ्यो कि गएर सबै झयाल, ढोका, डायम डुम बन्द गरेर बसु ।

सधै उधारो खातामा लेखे जस्तै

  • by

सधै उधारो खातामा लेखे जस्तै भो जिन्दगी
दिन्मै नमिठो सपना देखे जस्तै भो जिन्दगी

जीवनलाई आलोचना गरु कुन शब्द लेखी
बिना सित्तै मृत्यु बाटो छेके जस्तै भो जिन्दगी

कुहिएको छानीछानी फाली बाकी हरियो चै
बजारमा साग जस्तो बेचे जस्तै भो जिन्दगी

परिवर्तन

  • by

परिवर्तनशिल समय भएर नै होला, बिहान उदाउने सूर्यले बालक कालको अनुभूति न्यानो ताप संग, जस्तै जन्मदाको सानो बालकलाई काखमा लिदा सुन्दर र गर्ब, आनन्दको अनुभूति हुने गर्दछ ! त्यस्तै जीवनका तिता मिठा पलहरूसँग बढ्दै गएको उमेर अर्थात् दिउसोको चढ्दै गएको चर्को घाम, वित्तिरहेको समय संगको भर्भराउदो जवानी उमेरलाई सूर्यको दिउसोको कडा तापले हामीलाई अंकित गर्दै जीवनको महत्व याद गराइरहेको हुन्छ, त्यस्तै बिहान, दिउसो गर्दै ढल्दै जाने समय …सँग बुढेस काललाई अर्थात् अन्त हुने समयलाई अन्धकार भएर देखाइरहेको हुन्छ ! आखिर समयले कसैलाई पर्खदैन रहेछ त्यस्तै जन्मनु, बढ्नु र बुड़ो हुनु प्रकृतिले हामीलाई यसरी दीइरहेको संकेत उदाहरनीय छ ! जसरी बिहान दिउसो अनि रात्री पछि बिहान फेरि हुन्छ त्यस्तै जन्मने र मर्नेको सफर, कुनै न कुनै रुपमा फेरि अबश्य हुन्छ भन्ने बोध क्रमश जारी नै रह्यो !

NishaKhanalAryal

लौ भन्नुस ! ठुलो भिखारी को त ?

हर दिन हर महिना एकै नाशले बाबा बैधनाथको दरवारमा दर्शन गर्न जाने मानिसहरूको घुइरो त हुन्छ नै । चाहे त्यो सुतेर दण्ड नतमस्त हुदै जाने हुन् वा हिड्न नसकेर दुई जनाले डोली बनाएर काधमा बोकेर लाने हुन् । बाटामा देखिने बसका भीड अनि धनीहरूका कार र जिप, त्यस्तै लस्कर भएर हिडिरहेका दौडिरहेका मानिसहरूको भीडले हजारौ किलोमीटर हिडेर जाने ब्यक्तिहरूको अनुहारमा देखिएको उत्सुकताले अति नै मन प्रफुल्ल र आन्नदको अनुभूति हुने गर्दछ ।

त्यस्तो भीडमा सबैको मुखबाट निस्कने उही बाबाको नाम – “बोलबम बोलबम” । त्यै पनि साउनको बेला त घुइचोको के बर्णन गरु म !