Skip to content

सधै उधारो खातामा लेखे जस्तै

  • by


सधै उधारो खातामा लेखे जस्तै भो जिन्दगी
दिन्मै नमिठो सपना देखे जस्तै भो जिन्दगी

जीवनलाई आलोचना गरु कुन शब्द लेखी
बिना सित्तै मृत्यु बाटो छेके जस्तै भो जिन्दगी

कुहिएको छानीछानी फाली बाकी हरियो चै
बजारमा साग जस्तो बेचे जस्तै भो जिन्दगी

साहित्यमा कलमले कोर्दै मन बुझाउछु म
सारंङ्गीको तालहरू रेटे जस्तै भो जिन्दगी

हतास छ मान्छेहरू दिन चर्या गुजार्नलाई
लाग्छ काही भाग्य आफै मेटे जस्तै भो जिन्दगी

निशा खनाल अर्याल
हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *