Skip to content

निशा खनाल अर्याल

वसन्त पंचमी कथा

सृष्टिको प्रारंभिक कालमा भगवान विष्णुको आज्ञाले ब्रह्माजीले जीव तथा मनुष्ययोनीको रचना गर्नुभयो । तर पनि आफूले गरेको त्यस्तो सृजर्नाबाट सन्तुष्ट हुनु भएन । ब्रह्माजीले केही सृष्टिमा कमि भएको महसुस गर्दै विचार गर्नुभयो, “यस्तो लाग्यो कि यो ब्रह्माण्डमा केही चिजको कमि छ जसको कारणले गर्दा चारैतिर अन्धकार र मौनता छाएको छ।”

ब्रह्मालाई श्रीविष्णु भगवानसित भेटेर आफ्नो जिज्ञासा राख्ने विचार भयो । जल क्रिडा गरेर आफ्नी धर्म पत्नी श्रीलक्ष्मीजीसँग मिठा कुरा गरी शेष नागमा विराजित विष्णु प्रशन्न मुन्द्रामा रहेको बेला ब्रह्माले आफ्नो मनको कुरा व्यक्त गर्नुभयो । तत्पश्चात उनै विष्णुको आज्ञा लिएर ब्रह्माजीले आफ्नो कमान्डलुबाट जल निकाल्दै चारैतिर छर्कन लाग्नुभयो ।

यस्तो किन देशमा

विद्वानहरू पनि कर्तव्य र अकर्तव्य बिचको फरक छुट्याउँदा अलमलिन्छन; अरे त्यसैले पो हो कि ?

कहिले एकताको बिकुल बज्ने हो ? कहिले नेपाली जनताले आफ्नो अधिकार ठाडो पारेर, छाती फुकाई शानले अनि शान्तिले बस्न पाउने हो ? आखिर कहिले ? नेपाली जहाँ गए पनि, देशमा नै भए पनि, आखिर नेपाली कै दुर्दशा किन यस्तो ? गरिब, दलित, जनजातीले नै किन बोका, राँगा झैँ रेटिनु पर्छ च्यापमा परेर ? अँझै कति खेलवाड गर्छौ त देशमा नेता हो ।

हिन्दूराष्ट्र हो मेरो

पवित्र भूमि नेपाल हिन्दूहरूको आराज्य देवी देवताहरूले बिभिन्न रुप लिई बसोवास भएको थलो हो । ग्रन्थका अनुसार सम्पूर्ण देवताहरू पवित्रस्थल हिमालयमा बसोबास गर्दछन । महाकवि कालीदासले पनि लेखेका छन – “कुमार सम्भव महाकाव्य, रघुवंश महाकाव्य, हिमालय ।”

महाकवि कालीदासले मिठो श्लोकबाट यसरी गुन्गुनाए थिए –

अस्त्युत्तरस्या म दिशितेवतात्मा हिमालयो नाम नगाधिराज
पूर्वापरौ तोयनिधि वगाह्यस्थित पृथिव्यामिवमान दण्ड ।

धर्म र संस्कार

नेपाली समाज आजका दिन सम्ममा पनि अशिक्षाले ग्रसित नै छन आफ्नो धर्म र संस्कारको अर्थ, महत्व, र गरिमालाई बुझन नसकेको सामाजिक अवस्था अहिले व्याप्त नै छ यही छुट्ट्याउन नसक्नेहरूलाई नै दैनानीदिन जीवनका भौतिक र अभौतिक पीडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य मुक्त गर्ने हाम्रो उद्देश्य हुनु पर्ने हो । त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी, दृढ साहसी बनाउदै सबैलाई समेटिएर अगाडि लैजान र अन्धविस्वास, कुरीति वाट पिडित, अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझन नसकेका जमातलाई शिक्षि गर्दै लैजाने काम हामीले गर्नु पर्थ्यो । तर समयमै त्यस्तो हुन् नसक्दा धर्म परिवर्तनको खेती निक्कै मौलाउदै गएको देखिन्छ ।

ध्यानको दृष्‍टि

कोही बस्छन् मनमुटुबीचै नित्य डेरा जमाई
तौली तौली जीवन गतिका उन्नतिको कमाई
नाफाघाटासंग नभिडनु ब्यर्थ को यो लड़ाई ?
बाँकी वाच्ने अमर रचना आफनो गीत गाई

तौली तौली जीवन गतिका उन्नतिको कमाई
नाफाघाटासँग नभिडनु ब्यर्थ को यो लड़ाई ?
बाँकी वाच्ने अमर रचना आफनो गीत गाई

तिहार र बलिराजा

सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा

नेपालीको शिरको चुचुरो रात्रिको दीपमाला
अक्षरैको बिबिध कुटुरो ज्ञानको धर्मशाला
यस्तो ज्योति हिमशिखरमा बालने हुन् उनै कि ?
लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि? ।

माहाकाव्य, कवित-झरना औ निबन्धै ऊमार्यौ,
यौटा युग्को रथ तिमी बन्यौ सारथी भै कुदायौ
तिम्रा कीर्ति अमृत-फूल हुन् शिरमै मै उनूँ कि ?
तिम्रो आस्था मुटुभरि भरी त्यैँ डुबी पौडिउँ कि ? ।

कर्मको संगति

कोहि बस्छन् मनमुटुमहा नित्य डेरा जमाई
तौलि तौलि जीवन गतिका उन्नतिको कमाई
नाफाघाटासंग नभिडनु ब्यर्थको यो लड़ाई ?
बाकि वाच्ने अमर रचना आफनो गीत गाई

गुन्जिएका छौ

शुन्दर तलाउमा रम्ने राजहंस झै,
आँखाको परेलीमा तिमी सजिएका छौ ।
हरिया डाँडा पखेरूमा फुल्ने लालीगुरास झै,
मनभित्रका तरेलीमा तिमी फुलेका छौ ।।

धर्म केलाई भाक्ने ?

विश्वभरी भ्रमण गर्ने, नशा भारी बोकी,
वान लाग्यो तरंगको, निष्ठुरी पो हो कि ।
पैरो आई पहाडको, थुनिएछ नदी,
अलपत्र पानी जस्तै, नमाथि न अघी ।

पौरख छन् जाँगरमा, भावनामा इश,
सन्यासमा शान्ति मिल्छ, अज्ञानमा रिष, ।
स्वार्थ बढे द्वन्द बढ्छ, प्रक्रितिको रित,
टाढै हुन बेस हुन्छ, ज्यादै प्रिय सित ।

लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि?

नेपालै हो शिर धरतीको पूज्य यो देवभूमि,
झर्छन आत्मा अमर यसमा सम्झदै मातृभूमि,
जस्तै सीता,जनक,पृथिवी,बुद्ध जन्मै लिएका,
त्यस्तै माली स्रिजनपथका देवकोटा भएका ।।१।।

ती छन् आत्मा अजर प्रतिभा चेतनाले भरेका,
नेपालीका दिल दिल पसी ज्ञान सारा दिएका
साहित्यैको विविध ढुकुटी भर्दिने ज्ञानवेत्ता,
छन् यी महाकविजी कविकै गर्व हुन् शान यौटा ।।२।।

कर्मको गति

परेलीहरू बिछ्याई हेरे मुटुले तानेर
चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर
तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा
फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा

जिन्दगी होइन खेलौना कुनै खेलेर मिल्कायो
अतित बस्छ आँखामै आई डढाई वहायो
प्रतीज्ञा कुर्छ कुनामा बसी मुस्कान छरेर
उढेको मन बालेको दियो आत्माले सम्झेर ।

मेटिन्न कहिलै पनि

आमाकै मनशान्त वन्छ कहिले? तन्द्राहरु लम्बिए ।
आफ्नै भाव वनेर प्यसी मुटुमा ज्वाला सरी दन्किए ।
उच्चाकाश उढेर हेर्दछ चरी रुख्खा पुरानो गुण ।
साझा छन् फूलपालुवा रसभरी संसार ठूलो वन ।

डाली डाली उढेर खोज्दछ मीठा दाना रसिला निका ।
गर्दै याद जहानको र गुणको शौभाग्यको लम्कदा ।
खोज्दै शान्तिपना वुनेर सपना निद्रा वन्यो खण्डित।
मीठो कण्ठ सुनादै जगतमा रम्ने यिनै संगित ।

कविता

म एक़्लों कविता तिम्रो भावना सत्य निर्मल ।
प्रव्रित्तिबाट छु टाढा रचना अन्य गर्वित ।
प्रीय आफ्नै शिशु हुन्छ अज्ञानी मूर्ख जे पनि,
रचना उसकै प्यारा साच्चै हुन उसका भने

आशिष

फुर्दै शुन्दर भाव भीत्र मनका, कुना कुना छाउने ।
हर्षेाल्लस बढाइ बाँकि दिनमा, शैाभाग्य चम्काउने ।।
फैलियेास यसकीर्ति वैभव गति, सत्मार्ग लागोस् मन ।
छर्दै अमृतवाणी कण्ठ रसिलेा, वन्नेछ भावि दिन ।।

बाँची राख

धेरै भयो भेट गर्न, आ’का छैन उनी,
सारा कथा व्यथाहरू, मुटु भित्र थुनी
रित्तो हात कहा जानु, उँडी गयो मन
यसैगरी जुनि काट्ने कि ? प्रिय साच्चै भन

एक्कै छिन हराउदा, निष्ठुरी भई भन्छौ,
दिन पला क्षणक्षण, शब्द शब्द गन्छौ,
मात्रा कुनै भुल्नु हुन्न, बर्सी जान्छ
ममाथि पर्यो भने, गर्छु भन्छौ त्याग

पीडाहरू कति कति

पीडाहरू कति कति मन, भित्र दबाई,
कहाँ त्रुटी भयो भनी, विचार्छु सधै,

पिरोल्दै हृदयभित्र चोट, पर्न जादा,
लम्क्क लम्क्क गर्दै पाईला, घिसार्छु सधै,

मनको खोटो भाग्यलाई दोष, आफै दिदै,
लाचार तिनै जीवन मेरो, थिचार्छु सधै,

परिदृश्यभित्रका अमूर्त उपलव्धि

मनभन्दा ब्यस्तता बलवान,
मनले जित्न सकेन अनि,
व्यस्तताले हार्न चाहेन ।
घना जंगलमा स्च्छन्द,
घुम्ने पन्छी जस्तै,
मन ब्यस्तताको,
पिजडामा छटपटिन्छ,
उड्न खोज्दै ..,!

यदि……., भए !

प्रकाशको पीडामा,
छटपटाउने जीवहरूले,
आधी रातमा रोइरहेको,
औशीलाई हेर्दा
चकमन्न निर्जीव झै,
सुनसान वातावरणमा
ज्योतिविहीन आँखाको ज्योति,
आफैभित्र पाउँछ।

चुनौतीलाई स्वीकार्दै

मिलनमा खुशी व्यक्त गर्छन मानिस,
यो प्रकृति हो,
तर आँखाबाट आशु झरेको देखेकी छु मैले
बिछोडमा तड्पिन्छ अरे मानिस भन्छन,
यो प्रवृति हो,
तर,
खुशीले पो रमाएको पाएकी छु मैले,
हसाउने, रुवाउने, दुवैको संगम,