Skip to content

निशा खनाल अर्याल

धर्ती र आकाश

मलाई त कविता फुर्न छाडे,
वर्षात झैँ बर्सिने आँशु
म भाव शुन्य भएर रोकिए,
पीर ब्यथा गुन्य भए
भाव बिभोर भएर आउने,
भौतिक अभौतिक पीडाले चुहाउने
आँशु खै …!
हरायो? कता छचल्किए ?

मलाई तिनै रोशनीले भुलाए

न तातो कुनै रापको ताप छैन
न चिसो कुनै शीत संकेत छैन
चिसो शिर्शिरे ठाउँमा घाम लागे
मलाई तिनै रोशनीले भुलाए

न ता नीर गाढा न राता न काला
गुलाबी पहेला न निख्खुर सेता
सदा सप्तरंगी सबै फ़ुल आए
मलाई तिनै रोशनीले भुलाए

दिलसँग दिल जोड्यौ

दिलसँग दिल जोड्यौ, तिमी को हो भन्छौ ?
बहानामा नाता तोड्यौ, तिमी को हो भन्छौ ?

झरिरहे आँखाबाट बलिन्द्रधारा आशुहरू,
ओठको मुस्कान मोड़ेयौ, तिमी को हो भन्छौ ?

सपनाको सागर सजाई, हिड्यौ आफै चिढिएर
वाचा बिर्सी फोड़यौ मन, तिमी को हो भन्छौ ?

मुटु ढुक्क ढुक्क गर्यो

मुटु ढुक्क ढुक्क गर्यो उनैलाई सम्झे
कुतकुती लागे जस्तो मनैदेखि तर्से
पोखियो कि तरंगको झोका उनको छेउ
दंग परे किन कुन्नि हो नपाएर भेउ,

क्षितिजको पर्दा च्याती चियाएर देखे
हाँसी हाँसी पिरतीको गाथा मैले लेखेँ
कहाँ कहाँ भयो हाम्रो मिलन दिव्य शृष्टि
सधैभरि पुगिरहोस ईश्वरको दृष्टि

आश

प्रकृतिको शृष्टि भित्र पर्वतको शीर,
त्यसै मुनि कल् कल् झर्ना हराउने पीर
अन्जुलिमा भरी भरी मेटिदिएँ प्यास
जीवन हो संलो पानी भरी दिने आश ।

छाँगा मिली खोल्सो भयो अँझै बढे खोला
डाडा काडा गीत जस्तै त्यही ध्वनि होला
त्यस्तै खोला दोभानले नदी वने जस्तै
वस्ति बढ्दै किनाराको कर्म गति लेला,

क्षितिज चेतना

क्षितीजको चेतना शुन्दर सृष्टि,
दुर्गम कठोर चट्टानमा उम्रिएको पिपल,
मौलाउदै झागिदै विशाल वृक्ष जस्तो ।

नदीका अन्तसम्म लम्वने किनाराहरु,
विषम भौगोलिक वनावट विरुद्धमा,
अविरल कटानले सुगम राजमार्ग बन्दै जस्तो ।

पढे बढे अरु जस्तै

पढे बढे अरु जस्तै जन्मिए यही लोकमा
चाले पाईला सुस्त सुस्त घिसारिदै यो जगमा

मनभित्र पसेको त्यो चोट कसरी पचाउ
ढल्दै जादैछ दिनहरु त्यो गुजारिदै यो जगमा

निर्दयी छौ कि कतै ? गल्दैछ शरीर यो
डुबाउछौ कि?एक्लो बनाउछौ? उघारिदै यो जगमा

समयले पर्खेन

त्यसै त्यसै व्यस्तताले हो वा,
मेरा अनेकौ बाध्यताले,
दिन दिन आफूलाई,
उनीहरूको सेवामा लिन,
आफ्नो भने हासो हुरीले उडाए झैँ,
खै कहाँ हरायो कहाँ,
हेर्दा हेर्दै आफूलाई,

भानुभक्तको सम्झनामा

कोहि मान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।
यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।

उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।
आाँधी आएसरी मन लगी वन्दी हुँ क़ैदी जस्तै ।
भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?

अमर छौ तिमी : श्रद्धा बोकी कलम मसीले गर्छु यस्तै प्रयास

इजरायलमा भानुभक्त द्विशतवार्षिकी जयन्ती भव्य तथा सभ्यतासँग मनाउन यतिखेर साहित्यिक मनहरू लागि पर्नुभएको हुदाँ मेरो श्रद्धारुपी दुई सुमन भानुभक्त तिमीलाई ।

तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,

भानुभक्त तिमीलाई खै कसरी बिर्सनु ? चाहे आँखा नै चिम्म गरु वा उघारेर नै हेरु, तिमी त मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यसरी बसेका छौ कि चाहेर पनि कसैले बिर्सन सक्दैन तिमीलाई ।

आमाको महानता

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् ।

गजल (नयाँ वर्ष)

हर्ष भर्दै पीडित ओठमा, मुस्कान ल्याऊ नयाँ वर्ष,
हत्या र हिंसा विरुद्धमा, आवाज उठाउ नयाँ वर्ष,

बिग्रिसक्यो हाम्रो मुलुक, हाना हान र ताना तानले,
सुमार्गको परिचय के हो? सिकाउन आऊ नयाँ वर्ष,

रगतले सिचिएको हाम्रो, माटो हाम्रो रुखिएछ,
धर्ती आमालाई बचाउने, उपाए बताऊ नयाँ वर्ष,

सपना

पैसाको नै डसना बनाई,
पैसाको नै सिरक ओढी,
हातमा हत्कडी झैँ सुनको ब्रासलेट,
गलामा फासी झैँ पहेलपुर सिक्री,
रक्सी र मासुका कवाफ खादै,
सुन्दर ताज महलको ख्वाबमा,
एक छिन भए पनि राम्रो होटेलमा,

शिक्षा र गुरु

गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?

मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ ।

आमा

  • by

जन्म दिई भूइँमा झार्दा,
कयौ पीडा सह्यौ आमा,
न्यानो आचलले छोपेर तिमीले,
दूधको अमृत घुट पिलायौ आमा ।

ताते गर्दै औला पक्डेर,
पाइला चाल्न सिकाउदै,
हातमा खाना लिएर तिमीले,
को-खाई को-खाई भन्दै खुवायौ आमा ।

भष्टाचारप्रति इमान्दारिता

देशमा दिनानु दिन बढ्दै गएको आंतक र भ्रष्टाचारीहरूको अन्त कहिले हुन्छ खै ? बिराट स्कुलका एकाउन्टेन्ट दिपेशजी लेखापढी काममा थकित, कुर्शीमा बसेर टाउकोमा हात लगाउदै पसिनै पसिनामा भिजेको अवस्थामा एकहोरो सोचमा डुबेका थिए ।

अचानक त्यहाँ आफ्नै स्कुलका “शिव नारायण” नाम गरेका हेडमास्टरले एकाउटेण्ड दिपेशजी निर आएर सोधे, “हैन कहाँ र के सोचमा डुब्नु भएको हो दिपेशजी ?”

गरिबी

जाडोको मौसम छ, आफ्नो घर बाहिरको बरन्डाको एक छेउमा घाम लागेको ठाउ पट्टि बसेर दिल परियार लुगा सिउन ब्यस्त छन ।

घरभित्रको झ्यालबाट छोरा सन्तोषले टाउको अलिकति निकाल्दै चिच्याउदै भन्यो, “बुवा बुवा । मलाई अति नै जाडो लाग्छ मेरो लागि पनि एउटा कोट सिलाइदिनु न ।”

दिल परियारले उत्तर दियो, “छोरा ! अहिले घाम लागेको छ । जाऊ, एक छिन गएर बाहिर घाममा खेल बाबु । आज फुर्सद भयो भने म सिलाइदिउँला ।”

भन भन भाइ हो, देउसी रे

हाम्रो हिन्दु संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।

सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।

पैसामा धर्मलाई लिलाम गर्नेहरू

आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।

आमा (कविता)

धेरै बर्ष भयो,
भेट भाको छैन आमा,
विवशताले टाढिए ! कस्ती भयौ ?
देख्न पाको छैन आमा ।

सुन्छु रुन्छौ रे तिमी त्यहाँ,
म पनि त त्यस्तै नै छु !
न बगाउँन आशु धेरै,
एक दिन भेट्न आउछु आमा ।