निशा खनाल अर्याल
भानुभक्तको सम्झनामा
कोहि मान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।
यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।
उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।
आाँधी आएसरी मन लगी वन्दी हुँ क़ैदी जस्तै ।
भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?
अमर छौ तिमी : श्रद्धा बोकी कलम मसीले गर्छु यस्तै प्रयास
इजरायलमा भानुभक्त द्विशतवार्षिकी जयन्ती भव्य तथा सभ्यतासँग मनाउन यतिखेर साहित्यिक मनहरू लागि पर्नुभएको हुदाँ मेरो श्रद्धारुपी दुई सुमन भानुभक्त तिमीलाई ।
तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,
भानुभक्त तिमीलाई खै कसरी बिर्सनु ? चाहे आँखा नै चिम्म गरु वा उघारेर नै हेरु, तिमी त मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यसरी बसेका छौ कि चाहेर पनि कसैले बिर्सन सक्दैन तिमीलाई ।
आमाको महानता
प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् ।
शिक्षा र गुरु
गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?
मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ ।
भष्टाचारप्रति इमान्दारिता
देशमा दिनानु दिन बढ्दै गएको आंतक र भ्रष्टाचारीहरूको अन्त कहिले हुन्छ खै ? बिराट स्कुलका एकाउन्टेन्ट दिपेशजी लेखापढी काममा थकित, कुर्शीमा बसेर टाउकोमा हात लगाउदै पसिनै पसिनामा भिजेको अवस्थामा एकहोरो सोचमा डुबेका थिए ।
अचानक त्यहाँ आफ्नै स्कुलका “शिव नारायण” नाम गरेका हेडमास्टरले एकाउटेण्ड दिपेशजी निर आएर सोधे, “हैन कहाँ र के सोचमा डुब्नु भएको हो दिपेशजी ?”
गरिबी
जाडोको मौसम छ, आफ्नो घर बाहिरको बरन्डाको एक छेउमा घाम लागेको ठाउ पट्टि बसेर दिल परियार लुगा सिउन ब्यस्त छन ।
घरभित्रको झ्यालबाट छोरा सन्तोषले टाउको अलिकति निकाल्दै चिच्याउदै भन्यो, “बुवा बुवा । मलाई अति नै जाडो लाग्छ मेरो लागि पनि एउटा कोट सिलाइदिनु न ।”
दिल परियारले उत्तर दियो, “छोरा ! अहिले घाम लागेको छ । जाऊ, एक छिन गएर बाहिर घाममा खेल बाबु । आज फुर्सद भयो भने म सिलाइदिउँला ।”
भन भन भाइ हो, देउसी रे
हाम्रो हिन्दु संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।
पैसामा धर्मलाई लिलाम गर्नेहरू
आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।
- « Previous
- 1
- 2
- 3
- 4
- Next »
