Skip to content


चकमन्न टनटला पुरी घाम एक्कासि टंग टंग गर्दै बाहिरको गेटको चुकुल तलमाथि खोलेको झैँ आवाज आयो । मैले आफ्नो ध्यान एकछिनको लागि त्यो आवाज पट्टि केन्द्रित गरे, । किनकि म आफ्नो कोठामा बसेर लेख्न मस्त थिए । अति नै गर्मी चैत्र महिनाको समय, बाहिर तातो हावा, ह्वा ह्वा गर्दै घरको छाना नै उडाउला गर्ने हुरी अनि आगो झैँ पोल्ने चर्को घामले गर्दा सबै परिवारका सदस्यहरू र घरमा आएका पाहुनाहरू भित् । र बैठक कोठामा बसेर एकापसमा बिग्रिदो देशको स्थिति, राजनीतिले गर्दा फैलिएको आतंक, आपसमा कुर्शीको लागि हानाहान, देशमा भएको महगी र एक्लै छोरी चेली हिड्न नसक्ने बाहिरको बातावरण, यस्तै कुरा गर्दै थिए केटाकेटीहरू भने तितो सत्य टिभी हेर्दै खित्का छाडी छाडी पेट मिचेर हास्नमा मस्त थिए भने बुढा आमा बाबा आराम गर्न बेडमा पल्टेका थिए । मैले झ्याल र ढोकाको जाली बाला पल्ला बन्द गरेकी थिए, के गर्नु खोल्दा पनि मच्छर र झिंगा आएर किस खाई हैरान पर्छन हात र खुट्टामा । तर यसो ढपकाएकी मात्र थिए चुकुल भने लागेको थिएँन जसले गर्दा सिर सिर तातो हावा चल्दा त्यो पल्ला ढ्याम्म ढ्याम्म गरेर बज्दा कानको जरा नै फाट्ला झैँ हुन्थ्यो लाग्दथ्यो कि गएर सबै झयाल, ढोका, डायम डुम बन्द गरेर बसु ।

म एकहोरो त्यो गेटको बाहिरको आवाजतिर ध्यान दिइरहेकी थिए । कसैले गेटको छिस्किन चलाएर गेट खोल्न कोशिश गरेको पक्कै हो । हुन् सक्छ त्यो आवाज एक्कै वाल जोडिएर बनेको छिमेकीको गेटको होला कि ? पल्लो अगाडि छिमेकीको पनि हाम्रो झैँ उस्तै गेट छ त्यसैले उस्तै आवाज पनि आएको हुन् सक्छ ।

हावाको बेगले अचानक झ्यालको जालीको पल्ला खुल्यो, एउटा सानो बच्चाले गेटलाई अलिकता ठेल्दै टाउको दुई ढोकाको चाप बिच छिराउदै माथिबाट म हेरिरहेको बाहिरको दृश्यलाई उसले गेटको च्यापबाट आफ्नो अनुहार चियाउदै मलाई देखेर ऊ मुस्कुरायो । मैले पनि उसलाई देखे, । अनि अचम्म लाग्यो र छक्क परे म । ऊ मलाई देखेर हासिरहेको थियो । मलाई एकनाशले हेरेर मुस्कुराइरहेको देखेर म पनि उसलाई हेरी मुस्कुराए । मैले हास्नु नै पर्ने त कुनै बाध्यता र खाश कुरा थिएन् र पनि म त्यो बच्चालाई देखेर हासी दिए । एक्कासि त्यो मुस्कान हरायो उसको । म झनै चकित भए । छक्क परे तर आत्तिएकी भने थिइन्, उसलाई साहसी भएर धैर्यका साथ हेरिरहे । किनकि त्यो सानो बच्चाको ओठमा भएको मुस्कान अत्ति नै मासुम थियो, मैले केही भन्नुभन्दा सोध्नु अधि नै त्यो बच्चाले तिर्खाएको आवाजले भन्यो,”के म आउन सक्छु त्यहाँ ?”

मलाई यस्तो लागिरहेको थियो कि त्यो बच्चाको आवाजमा स्कुलको टिपिनमा बज्ने घन्टी झैँ बजिरहेको छ टिन टिन ।

फेरि उसले दोहर्यायो,”के म आउन सक्छु त्यहा ?”

बच्चाको त्यो सानो प्रश्नमा बल थियो, संगीत झैँ मिठास थियो, उसको अनुहारमा देखिएको झुकाब थियो । ऊ एकहोरो भित्र आउनलाई सोधिरहेको थियो,”के म आउन सक्छु त्यहाँ ?”

मसँग भित्र आउन आज्ञा त मागिरहेको थियो । तर त्यो आज्ञाको पालन गर्न सकिरहेको थिएन् ऊ चुलबुल गर्दै आधा गेटबाट आफ्नो पुरै शरीर भित्र पसाउदै लाज माने झैँ गरी बिस्तारै आफ्नो कदम बढाउदै कोठातिर आउदै थियो । उसको आँखामा कौतल्हलता थियो लज्जापन थियो लाग्दथ्यो कि ऊ अजनबी हो सायद त्यसैले होला उसको अनुहारमा डरले राता राता गाला भएको देखिन्थ्यो । र पनि ऊ बिस्तारै मेरो कोठामा आयो । मलाई पुलुक्क हेर्दै अनि कोठाका वालमा टाँगिएको घडी र दराज भित्रका पुस्तक, टेवलमा राखिएका टिभी र म लेख्दै गरेका कापी, कलम, मैले सुत्ने पलंग अनि सजाएका विभिन्न तक्माहरू भित्तातिर यताउता गर्दै नजर नचाइरहेको थियो । सायद उसले योभन्दा पहिला यस्तो नदेखेको पनि हुन् सक्छ । ऊ मात्र आफ्नो बचपना र खुशीको रंगिन दुनिया भित्र हिडेको छ ।

ऊ गएर सोफाको एक छेउमा एकै छिन टुक्रुक्क गरी बस्यो सायद उसलाई मैले बस् नभनेर ऊ अजनबी झैँ? बच्चाहरू नचिनेको घरमा यसरी नै बस्ने गर्दछन होला । बच्चाले मलाई एकहोरो हेरिरह्यो लाज माने झैँ गरी, मन्द मन्द मुस्कानमा मुसुमुसु मुस्कुराउदै ।

मैले उसलाई भनेँ,”आरामले राम्रो गरी बस, अप्ठयारो मान्नु पर्दैन तिमीले ।”

उसले तुरुन्तै उत्तर दियो,”म बसी त रहेकी छु नि ?”

हुनसक्छ उसले मेरो गल्तीलाई सुधार्यो । बच्चाको त्यो बोलीमा बालकपन भएतापनि ऊ आफूमा कन्फिड़ेन्स थियो, ऊ निर्धक्क थियो । तर त्यति भन्ने बितिकै ऊ जुरुक्क उठ्यो । र भन्यो,”हेर्नुस त आन्टी अब म उठेको छु नि हैन ?”

मैले पुनः उसलाई बस्न भनेपछि ऊ फेरि बस्यो सोफामा र फेरि भन्यो,”देख्नु भयो त आन्टी म बसेँ कि बसिन त ?”

मलाई यस्तो लग्यो कि उसले मेरो समर्थन खोजिरहेको थियो । मैले आफ्नो शिर हो नि बाबु भन्दै हल्लाए, त्यस्तै गर्दै केही क्षणहरू बितिरहेका थिए । त्यो समयमा ऊ मुसु मुसु गर्दै धेरै पल्ट हासिरहेको थियो । मलाई लग्यो कि उसको त्यो मुस्कानमा केही खाश लुकेको छ या चुप लागेर बस्नुभन्दा हास्नु नै उसले उचित सम्झेको छ । लाग्छ ऊ मसँग त्यो हासोले नजिक हुन् खोजिरहेको छ । म चुप लागेर आफ्नो सोचमा डुबेर बसिरहेको अनुहारमा उसको त्यो मुस्कानले घरि घरि मलाई प्रभावित परिरहेको थियो । उसको त्यो सुन्दर मुस्कानको अगाडि मेरो चुप लागेर निराशिएको अनुहारमा हार आउदै थियो । मेरो कैयौ बर्ष देखिको निराश अनुहार भित्र एउटा बच्चाको मुस्कानले ल्याई दिएको खुशीको तागत मैले पाइरहेकी थिए अनि मैले पनि आफ्नो निराशालाई ढाक्दै उसँगै मुस्कुराउने प्रयास गरे ।

म अति नै कम मात्रामा हास्ने गर्छु । मेरो अनुहारमा खुशीका मुस्कानहरू अति नै कम मात्रामा हुने गर्दछन, सधै निराशाको कालो मडारिएको बादल यो जीवन चिन्तामा मात्र ब्याकुल भएर डुबेकी थिए । सधैको टेन्सन र दुखी । मलाई सधै साथीहरू, आफन्तहरूले भन्न गर्दथे कि मैले रमाउन, खुशी बाटंन, हास्न, बिर्सिसके रे । जस्तै ऋणको भारीले घर जग्गा बैकमा ग्रबी राखिए झैँ । थाहा छैन यो सच्चाई हो वा मेरो जीवनको यहशास तर मेरो जीवनको कहानी दराजमा चुकुल लगाएर राखिएका किताबहरूमा घमिराले भित्रबाट चिट चिट काटे झैँ बाहिरबाट हेर्दा उस्तै ।

बच्चा यताउता टोलाइरहेको थियो, सायद उसलाई बोर लाग्यो कि । जे होश मलाई लाग्यो कि अब एकछिन बच्चासँग बसेर पनि केही कुरा गरुम ।तर म उससँग खै के बोलु ? त्यही सबैले सोध्ने ढर्या त होलानी ? बच्चाहरू संगको कुरा कानी गर्नु छ भने उसको नाम सबैभन्दा पहिला सोध्नु पर्छ । अनि बाबाको नाम, मम्मिको नाम, हजुर बाबा, हजुर आमा, घरमा को को छन, कुन स्कुलमा पढ्छौ, कस्ता साथीहरू छन कति साथीहरू राम्रो छन् त्यस्तै । कथा र कहानी ।

मैले पनि त्यस्तै बच्चालाई सोधे,”बाबु तिम्रो नाम के हो छोरा ?”

उसले आफ्नो नाम “ज्ञानी बाबु ” भनेर बतायो । यस्तो सुनेर मैले उसलाई प्रश्न गरे,”ज्ञानी बाबु, के त्यस्तो पनि कहिँ नाम हुन्छ र ?”

“त के अज्ञानी बाबु हुन्छ त आन्टी ?” बच्चाले उल्टै प्रश्न गर्यो ।

उसको भनाइ तिखो र चट्किलो खालको देखेर म खितक्का छाडेर हास्न थाले । मलाई त्यसरी हासेको देखेर ऊ पनि हास्न थाल्यो मसँग । सायद बच्चा चाहन्थ्यो कि म हासु, र मेरो निराशा अनुहारमा खुशी झाल्कियोश । मेरो अनुहारको निराशा देखेर सायद ऊ डराउँन पनि सक्थ्यो तर म उसँगै हास्दा खेरि उसले मलाई ऊ झैँ देख्यो कि जुन उस भित्रको चाहना इच्छा थिए होलान म प्रति । आहा हास्दा त्यो बालकको मुस्कानमा स-साना अनारका भर्खरै बस्दै गरेको दुधे दात सेता हिमाल टल्के झैँ टल्किरहेका थिए, आकाशमा देखिएका चन्द्रमा झैँ चम्किरहेका थिए । झनै त्यो सुन्दर मुस्कानमा देब्रे पट्टि गलामा खाल्टो बस्दा त सुन्दरताको के बर्णन गरु, । हाडे बदम झैँ कोष परेका आँखा पनि हास्दा खुम्चिएर सानो भएको।त्यस्तो सुन्दर हसिलो अनुहारमा पनि ऊ भद्रभलादमी, गम्भीर र ज्ञानी नाम भए झैँ साच्चैको ज्ञानी देखिन्थ्यो । भनौ हिमसागरबाट झरेको झरनाको त्यो कन्चन पानी झैँ । उसलाई हेर्दा लाग्दथ्यो कि ऊ बढीमा चार, पाच बर्षको होला । निख्खर सेतो दुध झैँ सफा चट्टक परेको अनुहार, हात खुट्टा, जिउ, ड़ाल, जसरी नयाँ ताज महल वा ठुला घरहरू बनाउदा घरको सुन्दरता बढाउनलाई किनेर नयाँ र राम्रो समानहरूले घरलाई सजाइन्छ, हरेक कुरा घरमा सुहाउदो मात्र राखिन्छ हो ठिक त्यस्तै त्यो बच्चाको शरीरमा लगाएका, लुगा, जुत्ताहरू पनि सुहाउदा र राम्रा थिए, उसलाई हेर्दा लाग्दथ्यो कि कहिँ ऊ कालिका कृष्ण त हैन्न ?

सायद ऊ छिमेकीको घरमा आफन्त भएर पाहुना आएको हुनु पर्छ । त्यसैले ऊ बाहिर निस्कदा हाम्रो घरमा, म निर आई पुग्यो । आखिर बच्चा त हो । मसँग मेरै कोठामा अपरिचित नभई कैयौ बर्षको चिनजान भए झैँ आफ्नै नातेदार भए झैँ । सबैसँग नजिक चाडो भै हाल्ने बच्चाहरूमा हुने खुबी नै यही हो सायद ? किनकि उसले सबैलाई आफ्नै सम्झिरहेको हुन्छ ।तर ठुला भएका मान्छेहरू आफनु सीमा भित्र रहेर, कुरा गर्ने, कसैकोमा जानु पर्दा, केही सोध्नु पर्ने हुदा इजाजत लिएर मात्र गर्दछन ।

मैले बच्चालाई सोधे बाबु तिम्रो नाम कसले ज्ञानी बाबु राख्यो ? म केही बेर यता उता गर्दै मौन रहे ।र फेरि सोध्न थाले । त्यो बच्चाले उत्तर दियो, मेरो मम्मीले। अनि तिम्रो बाबा नि ?मैले फेरि सोधे । बाबा त हुनु हुन्न बच्चाले उत्तर दियो । कहाँ जानु भएको छ ? फेरि मैले प्रश्न गरे । तर मेरो प्रश्न माथि मलाई नै अबशोश लाग्यो । मैले यसरी बच्चालाई गरेको प्रश्न ठिक हैन् । बच्चाले भन्यो मलाई त थाहा नै छैन । फेरि उसले एकछिन अड्किएर मलाई प्रष्ट पार्न होला ।मम्मीले भन्नु भएको छ कि बाबा त, भगवानको घर जानु भएको छ रे । बच्चा भित्र सम्झदारी र गम्भीरता थियो । तर मैले जो उसँग साथ थिएँन उसैको कुरा सोध्नु उचित हैन, बच्चाले प्रश्नलाई फेर्न होला आफ्नो पाइन्टको खल्तीबाट ठुलो रुमालनिकालेर देखाउदै भन्यो, आन्टी हेर्नुस त मेरो रुमाल कति राम्रो र ठुलो छ, मलाई मम्मीले छुट्टीमा धुम्न जादा किनी दिनु भएको हो । मैले उसको रुमाललाई हेरे, केहिरहस्य लुकाउनलाई भन्यो मम्मीले सधै मेरो पकेटमा ह्यंकी राखी दिनुहुन्छ तर म जहिले पनि हराई हाल्छु त्यसैले हिजो आज मेरो पकेट को छेउ बेल्ड बाध्ने ठाउमा यो ह्यंकीलाई पनि बाधी दिनुहुन्छ मम्मीले हेर्नुस त मेरो ह्यंकी ।।

वाव अति नै राम्रो रैछ । किन र आन्टी के राम्रो छ । यसरी बाध्नु राम्रो हो र ? नाकमा सिंगान आउदा पनि कहिँ राम्रो हुन्छ त ? यो त सिंगान पुछ्नलाई त हो नि । उसले आफ्नो तर्क राख्दै भन्यो । उसको कुराले म झस्किए, सोच्न बाध्य भए, । फेरि उसले आफ्नो काइली औलाले नाकको प्वालमा छिराउदै, कोट्याउदै, आफ्नो नाकतिर इशारा गर्दै भन्यो आन्टी हेर्नुं मेरो नाकमा सिंगान त आएको छैन नि हैन, ? छैन एकदमै सफा छ मैले भने । बाबु धन्यवाद आन्टी भन्दै खित्तित हास्यो ऊ उसलेवाव धन्यबादभन्दा मलाई पनि हासी उठ्यो । हुन् सक्छ उसले मलाई सम्झाउन खोजिरहेको थियो हल धन्यवाद कस्तो ठाउमा प्रयोग हुन्छ त ?

त्यो बच्चाले अजीव किसिले पेश आउन थाल्यो कुनै बेला नाकलाई कोट्याउने त कुनै बेला मुखबाट फुर फुर गरी पानी पराउँ एक बर्षको नानीहरूले भुरर्भुर मुखबाट र्याल चुवाउदै गरे झैँ सु सु, फु फु गरेर आवाज निकाल्न थाल्यो यस्तो देखेर मलाई लग्यो कि उसले कुनै नयाँ खेल खेल्न खेल्दै छ, त्यस्तो देखेर उसलाई मैले नराम्रो बानी भने, । उसले मतिर हेरेर त्यस्तो गरिरहेको क्रिया कालाप गर्न बन्द गर्यो र सिधा भएर उभियो, ऊ रिसाए झैँ गर्यो, मलाई डर लागेर आयो अचानक के भयो त यो बच्चालाई ?

“आन्टी मैले हजुरको गिलास त फुटाइन नि ?” उसले मलाई प्रश्न गर्यो । उसको त्यो प्रश्नमा ऊ रिसाएको झलक मैले देखिरहेकी थिए, म डराए, एक्कासि के भयो र यो बच्चालाई ? मैले सोधे किन यसरी गिलास फुटाइन भनेर कुरा सोधिरहेका छौ, तिमीले फुटाए कै छैन । फेरि उसले सोध्यो मैले कफी तपाईले पिउने टेवलको कप् त फुटाए ? फेरि उसले प्रश्न गर्यो मैले नाइँ भने, फेरि उसले भन्यो मैले हजुरको कोठाको भित्तामा पेन्सिलले केरकार गरे ? मैले हजुरले लेख्दै गरेको कापीको पाना च्याते ? मैले छैन छैन भन्दै गरे, अनि उसले मलाई बच्चाको रीस देखाउदै भयो फेरि किन मलाई हजुरले नराम्रो मान्छे भन्नु भयो त ? जब मैले कुनै त्यस्तो नराम्रो कामै गरिकी छैन, । के म राम्रो मान्छे भइन त ।

त्यो बच्चाको उत्तरले मलाई चकित बनायो मन भित्र गल्लानी हुदै आश्चर्य मान्दै उसलाई हेरी खित्का छाडेर म हास्न थाले । ऊ पनि मैले हासेको देखेरसँगै हास्न थाल्यो, उसको त्यो मुस्कान अति नै सुन्दर थियो जसरी झरनाबाट कल कल पानीको आवाज आउछ, ओम को नामले शान्तिको धुन आउछ बासुरीको, सुरिलो मिठास । जस्तै हरियाली डाडाका पहाडहरूमा भएका रुख बिरुवा चिसो हावमा लर्क लर्क हुदै झुक्दै हलिन्छ हो त्यस्तै गरी ऊ हासिरहेको थियो । बसेको सोफाबाट उठेर ताली बजाउदै । मसँगै हासिरहेकी थिए तर मेरो हासो पुनारो किताब झैँ झिर झिर र भित्तामा टासिएको पुरानो तस्वीर झैँ थियो । जसलाई दराजमा थन्काएर घमिरा खाएको किताब र भित्तामा टाँगिएका फोटोहरूको चमक उठेर शरीरमा भएको खुन सुके झैँ देखिन्छ । हास्दा खेल्दाको जीवनमा कसलाई के थाहा कुन बेला आएर बज्र खस्छ, नमिठो इतिहासले जीवनको सबै हासो खोसिदिँदो रहेछ ।बच्चा हास्दा हास्दै उसको आँखाबाट मोतीका दाना आशु बर्सिन थाले तर उसलाई कुनै प्रबाह थिएँन ऊ हास्नमा मस्त थियो ताली बजाउदै आँखाबाट बर बर आशु खसाउदै हासिरहेको थियो मलाई लग्यो कि उसले हास्नु अर्थ नै भुलेको थियो । उससँग म पनि हासिरहे । उसको हसईमा निरन्तर बग्ने सागरको कलकल सुरिलो आवाज थियो मेरो हासोमा दिप दिप गर्दै गरेको दियो ।

निशा खनाल अर्याल
हाल: इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *