छोरीको कमाइ

इजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।
Read More »छोरीको कमाइ
इजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।
Read More »छोरीको कमाइ
अहो दशैं आएछ ! हो हजुर, दशैं आयो रे ! देशमा दशैं, विदेशमा दशैं, यता दशैं, उता दशैं, जता हेर्यौं दशैं नै दशैं । तपाई सोच्नुहुन्छ होला सबैतिर बहार छ । तर कस्तालाई दशैं ? जसको आँखाँको आँशु आजसम्म रुकेको छैन । नाङ्गो शरीरको लाज ढाकिएको छैन । निदाउँन आँखामा निद्रा छैन । कतै नाङ्गो शरीर कठ्यारिएर कतै वर्षामा भिजेको छिद्रा परेका शरीरका कपडा ओभाएको छैन तर दशैं आउने क्रम रुकेन । उसको समय आएरै छाड्यो दशैं ।
सबैले भन्छन ” हाम्रो भाषा साहित्य र संस्कृतिको संरक्षण, संबर्धन तथा प्रवर्धन गर्नु जरुरी छ ।” के भाषा साहित्यको सवालमा कुनै पनि अन्योल छैन, जति बाँचेको छ, सरासर त्यसको संरक्षणमा लागे हुन्छ । भाषा साहित्यका सवालमा केन्द्रित रहेर फेरि अर्को तर्क गरौंला । तर,संस्कृतिको सवालमा द्विविधा र अन्योलहरू छन, जसवारे म यहाँ केही भन्न चाहन्छु । संस्कृति भनेकै वास्तवमा केहो ? छुट्याउन कठिन भइरहेको छ । हाम्रो नेपाली समाजलाई । संस्कृति भित्रै संस्कार – परम्पराका कुरा मिसिएका छन । र कुन कुन संस्कारहरू जायज – सान्दर्भिकछन, आजको परिवेशमा भन्ने किटान हुन सकेको छैन । कुन कुन सांस्कृतिक आधारहरूको प्रवर्धन र संरक्षण तर्फ सामुहिक पहल हुन पर्ने हो ? यस कुरामा कसैले निर्कोल्य गरेको छैन र प्रयास पनि गरेको भान भइरहेको छैन ।
हर दृष्टिको आडमा बित्यो तिम्रो
हाँस्यो सौन्दर्य त्यहाँ जहाँ हृदय तिम्रो
तिमी हौ कविता, कविता नै तिम्रो प्राण थियो
हर कोपिलामा हृदय तिम्रो हर फूल हो मुटु तिम्रो
हर हावाको झोक्कामा देवकोटाको शिप गरी
हर पहाडको झरना एउटा नाउँ हो तिम्रो
तिम्रो रथ हरेक पथमा, कल्पनातित रथमा पनि तिमी
हरतिर पाउछौ तिम्रो हर तर्फ घुमाई तिम्रो
देवकोटा पीडाभित्र तड्पिन्दै खुशी हुन्छ,
बाटो पनि बटुवा पनि मञ्जिल पनि र “म” ।
ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षीय मामृतात्…
प्राचिन कालमा शिव पार्वती घुमफिर गर्नको लागि एक दिन बाहिर निस्किए । बाहिर बाटोमा एउटा शिवालय देखी र त्यही गए धेरै समय त्यहीं बास बसे। त्यहाँ शिवपार्वतीले पासा खेल्न थाले । पासा खेलिरहेको बेलामा त्यहाँको पुजारी आइपुगे । पार्वतीले पुजारीलाई सोधिन- हामी बीच कस्को जीत होला।
राजनीतिले जनता र देशको भलो गर्नुपर्छ । समाजमा विद्यमान असमान स्रोतहरूको वितरणलाई न्यायोचित वितरण गरिनुपर्छ । सबै वर्गलाई न्यायोचित समावेश गराई मूलधारमा हिडाउन सक्नुपर्छ । देशको प्राकृतिक सम्पदा दोहन गरी देशलाई समृद्ध बनाउनुपर्छ । तब मात्र राजनीति सबल र सफल हुन्छ ।
नेपालको दुर्गम पहाडी गाउँमा एम.ए. पढेको एउटा नव युवक रहेछ । ऊ त्यस गाउका मात्र नभएर जिल्लाभरिका सामाजिक र आर्थिक पीडामा परेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भनी चिन्तन गर्दो रहेछ ।
त्रेतायुग अयोध्याका रघुबशीं राजा दशरथका जेष्ठ पुत्र मर्यादापुरूषोत्तम श्रीरामको जन्म चैत्र शुल्कपक्ष नवमीमा, पुनर्वसु नक्षत्र कर्कट लग्न, सूर्य मेष राशि रहेको बेला मध्यान्ह बाह्र बजे रानी कौसल्याको कोखबाट भएको थियो। भगवान श्रीबिष्णुको अबतारको रूपमा पृथ्वीमा अवतरण भएको मानिएका राजा श्रीरामबाट अन्याय अत्याचारको पराकाष्ट नाघिरहेको लंकाका राजा मानिने राक्षसी प्रवृतिको रावणलाई वध गरी धर्म, शान्ति र सु-शासनको पाठ समस्त पृथ्वी मानव जातिलाई दिएका थिए। यसर्थ युगौंदेखि श्रीरामको जन्म जयन्ती सारा हिन्दूधर्मावलम्वी लगायत ॐकार परिवार अन्तरगत सबैले मनाउदै आइरहेका छौ। मर्यादा पुरूषको रूपमा परिचित श्रीरामको शासनकाल न्याय, शान्ति, सम्बृद्दि र मानव विकासको पराकाष्ट उपमा रामराज्यको रूपमा लिने गरिन्छ।
‘प्रेमको रंग यो चन्दन सरी
रंगमै डुव्ने चाड हाम्रो दिनैभरि ..’
ए सररर्र… ..
होली अर्थात फागुन पूर्णिमा बिभिन्न रंगबाट घरका आफूभन्दा ठुलो मान्यजनबाट आशीर्वादको रुपमा टीका लगाई दिदै, परिवार भित्रका सदस्यहरूले एकले अर्कालाई स्नेह, माया, सदभावको रुपमा रंगबाट मायाको साटासाट गर्न अनुहारमा सप्तरंगी रंग दल्दै शुभकामान दिने र पकाएर राखिएको दाल पुरी, सेल रोटी, अनेकौ किसिमका मिठाई जस्ता खानेकुराको परिकार बनाई खुवाउने तथा गाउ छिमेकी, आफन्त, साथीभाइहरूसँग मादलको तालमा नाचगान गर्दै एकले अर्कालाई बोलाएर खुवाउने चाड हो यो ।
फाल्गुन कृष्ण चतुर्दशीका शिवरात्रि पुजाको विशेष महत्व छ किनभने सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्ने भएकोले यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि रुपमा पूजा गर्दै आराधना गरिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिवलाई शिवशक्तिको रुपमा प्रेत र पिशाचहरूबाट घेरिएर बस्दै आएका छन भन्ने मान्यता रहेकोछ । उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि अन्जानमा भएको ध्यानबाट पनि प्रशन्न भई भक्तहरूलाई मंगल प्रदान गर्दै उद्दार गर्ने दयालु शंकरलाई र श्रीसंपत्तिका दाता मानिन्छ । यस्ता शक्ति रुपेन शिवको कथाको रुपमा यहाहरू माझ यसरी प्रस्तुत भएकी छु ।