Skip to content


हिन्दु नारीहरूको लागि महान अनि पबित्र चाड हो तीज, ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ। हरेक बर्ष घुम्दै समयको चक्रसँगै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागि साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइसकेको छ यो बर्ष पनि ।

आफ्नो धर्म र संस्कृतिको परम्परालाई जोगाउनु मात्र हैन आफू भित्रको आत्मा सन्तुष्ट प्राप्त पनि गर्दछन नारीहरूले। जसरी पार्वतीको आफ्नो इच्छा र उस भित्रको अटलतालाई पुरा गराउन स्कन्धपुराणमा उल्लेख भए अनुसार पार्वतीलाई उनका जया, बिजया, पराजया आदि नाम गरेका साथीहरूले घऱबाट हरेर (भगाइ) घनघोर जङ्गलमा लगी कसैले नदेख्ने ठाउमा नदीको किनारमा महादेव पती पाउने इच्छालाई पुर्ण गर्न पार्वतीले आफूले चाहेको पति पाऊ भनेर निरन्जन निराकार श्री महादेवको पूजा नित्य आराधना गरी बालुवाको शिव लिंग बनाई हात जोड्दै रातभरि जाग्राम बसी रातको समय नाचगान, भजन कृतन गरी बिहान सूर्योदयमा नित्य जल चढाउदा श्री महादेवले प्रत्यक्ष दर्शन दिइ पार्वतीलाई पत्नीको रूपमा स्वीकार गरेको कुरा हाम्रो गुरु तथा मान्यजन लगायत विभिन्न धार्मिक ग्रन्थका किताबमा पढन पाइन्छ ।

हरण वा भगाएर लगेको हुनाले यसको नाम हरितालिका हुन गयो र यसलाई एउटा शक्तिको रुपमा लिदै चाड र ब्रतको रूप मनाउन थाले । श्रीमहादेवको पूजा आराधाना कै भरमा कतिले भने अनुसारको पति पाए वा भने जस्तो सफलता भयो या उल्टो पतिबाट तिरस्कार वा हिंसाका सिकार बने यो समाजको अध्ययनको बिषय हो। पति या परिवारजनको सुस्वास्थ्थको लागि भनेर पूजा आराधना गर्ने र अर्को तर्फ सामुहिक रूपमा तिनै परिवारजनको गीतको माध्यमले आलोचना गर्ने गरेको बिरोधाभाष चलन आज धेरै भेटिन्छ।

हिजो आज नारीले मात्र गाइने गीत मानिदै आएको तीजको गीतमा पुरूषले गाउने र भीडियोमा सगै नाच्ने चलन चलेको देखिन्छ। यो कार्यलाई सकरात्मक र नकरात्मक मान्ने दुवै थरिका मानिसहरू समासमा भेटिन्छन। यो एक फेशन बनेको छ अहिले। सामाजिक कुरीतिका कारण नारीले परिवार भित्र झेल्न परेका अल्झन र अफ्टेराहरू आज मनभित्रका गुम्सिएका भावहरू गीतका माध्यमले आफ्नो दुःख सुख आपसमा पोखी मन बहलाउन र थोरै भए पनि सामाजिक चेतना फैलाउने काम गरेको पनि पाइन्छ हिजो आज । समय प्रविधि र मानव चेतनाको स्तरमा भएको विकासले गर्दा पुराना मान्यता र अन्धविश्वासमा समाजले धेरै फर्को मारिसकेको छ। समाजमा रहेको अन्धबिस्बासका पुराना मान्यता र ढर्राका माकुराका झालो शिक्षा र प्रविधिले बढारिदै गयो । संसार प्रविधिले सागुरी एकै कोठामा बनाइरहेको समयमा हाम्रो सामाजिक मान्यता र संकारको पालनामा अब त परिस्कृत तबरले मनाउनु पर्ने समय भइसकेको छ।

दिनभरि भोकै पानी पनि नपिइ गरिने ब्रत स्वास्थ्यको दृष्टिले उपयुक्त के कति छभन्दा पनि पूजा र तपको फल बिना त्याग परिश्रम प्राप्त नहुने यथार्थलाई पनि भुल्न सकिदैन। बिना परिश्रम र संधर्ष परिक्षामा पास त को पो हुन्छ र ? आफ्नो स्वास्थ्य़लाई संकटमा राखी गरिने यस्तो ब्रत एक कठिन परिक्षा पनि हो। पुरूषबाट यसरी प्रत्यक्ष रूपमा महिलाको लागि कुनै कर्म या ब्रत बस्ने गरेको ऩभएकोले केही समाज शास्त्रीहरूले यसलाई पुरूष प्रदान समाजको एक कारकको रूपमा पनि लिदै आएका छन । यसै मान्यतामा रहेर होला आजकल केही महिलाहरूले ब्रत बसे पनि कमजोरी महिलाहरूले आफ्नो पतिको आदेशबाट पानी र फलफूल ग्रहण गर्ने गरेको पाइन्छ । कर्म गर फलको आशा नगर भन्ने गीताको पवित्र बचनलाई मनन गरी यो ब्रतको प्रभाव मात्राको आधारमा सोचे अनुसार होला या नहोला तर खराब त पक्कै हुदैन नै।

श्रीमान श्रीमतीलाई रथको दुई पांग्रा भने झैँ प्रत्येकमा दुई पाटा हुन्छन हामीले बर्षो देखी मानिदै आएको यस तीज पर्वमा पनि केही नराम्रा पक्षहरू पनि देखिदै आएका छन विशेष गरी विवाहित नारीहरूले आफ्नो शौभाग्य अटल्ताको लागि गरिने यो बत्रमा सिउदोमा सुहागको सिन्दुर भरेर निधारमा चम्किलो रातो टीका, रातो, हरियो साडी, चुरा, पोते, धागोमा सजिसजाऊ भएर अखण्ड दियो बाली आरधना गर्दै आफूलाई सति र पार्वती झैँ आफ्नो जीवन सधैब पति प्रति अर्पण गर्ने र हासी खुशिरहदै आएका नारीहरू बिच आज आएर तीजमा केही समय देखी यता गरगहनाको प्रतिस्पर्धा अनियन्त्रिक रूपमा बढिरहेको देखिन्छ।

ब्यक्तिगत प्रतिष्ठामा गहनालाई बढी मात्रामा लिन थालिएकोले, हुने खानेको र जीवनको लागि एकछाक सन्तान र परिवारको लागि संघर्ष गरिरहेका नारी बीच सामाजिक र आर्थिक अवस्थाको खाडल बढिरहेको देखिन्छ तर मैले भन्नु पर्दा वास्तवमा नारीको गहना भनेको नै ऊ भित्रको संकार हो, शिक्षा हो र क्षमता हो एक धातुको प्रयोगले नारी भित्रको क्षमतामा जोडिनु कुनै बैज्ञानिक तर्क शिद्धान्तमा सही मान्न सकिदैन। बरू यसबाट लुटपाट चोरी हत्या लगायतका सामाजिक अपराधको मात्रामा बृद्धि भइरहेको जग जाहेज नै छ ।

केही बर्ष यता महिलासग सम्बन्धित संघ सस्थाहरूले दर खुवाउनेको नाममा हप्ता पहिला देखि नै संघमा आबद्ध महिला, लब्ध प्रतिष्ठित र मिडियामा आबद्ध महिलाहरूलाई बोलाएर दर खुलाउने नाममा हप्ता पहिला देखि नै संघमा आबद्ध महिला, लब्ध प्रतिष्ठित र मिडियामा आबद्ध महिलाहरूलाई बोलाएर दर खुलाउने चलन शुरु भयो । यसबाट महिला बिच समन्वय बढ्न गइ सामाजिक एकता र बिबिध क्षेत्रमा आबद्ध नारी बीचको सम्बन्धले चेतना विकासमा केही न केही थप योगदानमा टेवा पुगेको देखिन्छ । तर अहिले यो कामलाई गैर कानूनी मानेर रोक्ने काम पनि भएको छ। यो धेरै बिकृतिको रूपमा चलेको भेटिन्थो कतै कतै। धर्म जीवनको पद्दती हो जसलाई हामीले कहिले भुल्नु हुदैन भने संस्कार त्यस पद्दतीको एक पाटो हो।

एउटै धर्म अब लम्बन गर्नेहरू बिच पनि एकै सामाजिक परम्परा, चलन र संस्कार हुनु पर्छ भन्ने जरूरी त छैन तर हामीले हामी नेपाली हौ हाम्रो संस्कारलाई कहिले भुल्नु हुदैन भन्ने कुराको स्मरण गर्न भने जरुरि छ । संगीत मानव समुदायको अभिन्न अङ्ग हो जन्मदै गर्दाको लरी देखी अन्त्यसम्म यसले महत्व राखेको छ। हिन्दु बेदहरूका ऋचा र उपनिषदका श्लोकहरू पनि लयात्मक रूपमा रहेका पाइन्छन। यसबाट प्रष्ट हुन्छ संगीत आदिम सभ्यता देखी स्वीकारिएको छ र त्यसमा पनि कान्छो बेद भनेर चिनिने सामबेद पुरै संगीतको शास्त्र हो।

तीजमा गाइने गीत अन्य सामान्य गीतभन्दा फरक शैली, प्रस्तुति र हाउभाउको पाइन्छ। यसमा आफ्नै हातबाट तालीका माध्यमले मिठो आबाज निकाली भिन्न शैलीमा प्रस्तुत गरिन्छ। यसमा अन्य कुनै अन्य बाद्यवादनको खासै जरूरत नै पर्दैन। हातले ताली बजाउदा शरिरका नशाहरू सम्पूर्ण सक्क्रीय हुन्छन र शरिर प्राकृतिक रूपमै स्वस्थ्य हुन्छ। ताली मन र शरिरलाई एकतामा बाधी निरोगी कारक हुनाले यसको बेग्नै महत्व पनि छ। आजको ब्यबसायिक समयमा तीजको गीतमा पनि धेरै थरिका बाजाको समिश्रण गरी तीज गीतको ब्यवसायिकरण गरिएको छ । यसबाट परम्पराको कत्तिको जगेर्ना भएको छ त्यो अनुसन्धानको बिषय हो तर तीज गीतलाई भने जरुरी छ । संगीत मानव समुदायको अभिन्न अङ्ग हो जन्मदै गर्दाको लरी देखी अन्त्यसम्म यसले महत्व राखेको छ। हिन्दु बेदहरूका ऋचा र उपनिषदका श्लोकहरू पनि लयात्मक रूपमा रहेका पाइन्छन। यसबाट प्रष्ट हुन्छ संगीत आदिम सभ्यता देखी स्वीकारिएको छ र त्यसमा पनि कान्छो बेद भनेर चिनिने सामबेद पुरै संगीतको शास्त्र हो। तीजमा गाइने गीत अन्य सामान्य गीतभन्दा फरक शैली, प्रस्तुति र हाउभाउको पाइन्छ। यसमा आफ्नै हातबाट तालीका माध्यमले मिठो आबाज निकाली भिन्न शैलीमा प्रस्तुत गरिन्छ। यसमा अन्य कुनै अन्य बाद्यवादनको खासै जरूरत नै पर्दैन।

हातले ताली बजाउदा शरिरका नशाहरू सम्पूर्ण सक्क्रीय हुन्छन र शरिर प्राकृतिक रूपमै स्वस्थ्य हुन्छ। ताली मन र शरिरलाई एकतामा बाधी निरोगी कारक हुनाले यसको बेग्नै महत्व पनि छ। आजको ब्यबसायिक समयमा तीजको गीतमा पनि धेरै थरिका बाजाको समिश्रण गरी तीज गीतको ब्यवसायिकरण गरिएको छ । यसबाट परम्पराको कत्तिको जगेर्ना भएको छ त्यो अनुसन्धानको बिषय हो तर तीज गीतलाई भने परिष्कृत बनाएको भने पक्कै छ। यसै अबसरमा सबै साधकहरूमा सफलताको कामना पनि ब्यक्त गर्न चाहन्छु।

कामको शिलशिलामा आफ्नो देश नेपाललाई छाडेर बाहिरिएका महिलाहरूले कर्म क्षेत्र अन्य देश बनाइरहेको अवस्थामा नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्न अँझ बढी उत्साहिरहेका र आफ्नो संस्कारलाई झल्काउदै विश्वमा चिनाउन अग्रिम भूमिका खेल्दै आएता पनि नेपालमा रहेका बिभिन्न क्षेत्रमा हिजो आज आएर आफ्नो धर्मलाई लिलाम गर्दै पैसामा बेचिदै आएका नेपाली हिन्दु धर्मलम्बीहरूले आफै बिच नेपालीको अस्तित्वलाई नै लिलाम गर्न तलिन छन् भन्ने कुरा देखिन र सुन्न पर्दा हामी बिदेशमा बसेर संस्कृति जोगाउन तलिन नेपाली दाजु भाइ दिदी बहिनीको हृदय छिया छिया भएको छ ! जन्मदा आफ्नो नेपाली पन र त्यही माटो अनि सुन्दर संस्कृतिलाई भुलेर अरुले सिकाएको मार्गमा हिड्दा ठेस लागेर देश खाल्डोमा परे के गर्लान त पछि आफ्नो कारण भावी सन्ततिको भविष्य कस्तो होला के त्यो अलि कता पनि सोचेका छन त ?

विश्वका बिभिन्न देशहरूमा छरलिएका नेपाली नारीले हरेक चार्ड र पर्ब तथा धुनधामले तीज मनाउने गरेका छन् । उपलब्ध श्रोत र साधनलाई उपय़ोग गरी पूजा आजामा लिन भई तीजको नाचगान इजरायलमा रहेका हिन्दु नेपाली नारीले मनाउन लागेको इतिहास अब धेरै पुरानो भइसकेको छ। बिभिन्न लोभमा परि केही नेपालीहरू आफ्नो धर्म संस्कृतिलाई फेर्ने गरेको पनि कतै भेटिएको पाइन्छ। आफ्नो धर्मलाई बदल्नु ठूलो अधर्म भनी ब्याख्या ऋग्बेदमा गरेको भेटिन्छ। बिबिधताले यो पृथ्वीलाई बगैचा झै रमणिय बनाएको छ। यो दुनिमा एकै सम्प्रदाय मात्र भयो भने के होला त ?

यहाँ इजरायलका चौर पार्कमा नेपाली नारीले रातो सौभाग्यको रङ्गका कपडामा र गहनामा सजिइ ताली बजाइ गुन्जायमान गरी नाचगान गर्दै आफ्नो हिन्दु संस्कृतिलाई जोगाउदै आएका छन् । आउने दिनहरूमा पनि आफ्नो धर्म र संस्कृतिको रक्षा गर्न यसबाट पूर्व मेची देखी पंश्चिम महाकली सम्मका नेपाली नारीहरूमा सामाजिक एकता र राष्ट्र प्रेममा बल पुगोस् भन्ने मेरो कामना छ नेपाल बाहिर रहनु भएका र नेपाल मै रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा आफन्त र साथीहरूमा यस हरितालिका तीज २०७० को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !

निशा खनाल अर्याल
हाल :इजरायल

3 thoughts on “हिन्दु नारीको लागि तीज”

  1. नरिसाइ कमेन्ट पढ है बैनी
    तिमीले लेखेको यस लेखको पहिलो प्याराग्राफलाइ शुद्ध पारेर तल हालिदिएको छु । तिमी कति अशुद्ध प्रयोग गर्दिरहिछ्यौ आफै थाहा पाउन सकौली ।

    हिन्दू नारीहरुका लागि महान् अनि पवित्र चाड हो तीज ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ। हरेक वर्ष घुम्दै समयको चक्रसँगै यस पालि पनि अखण्ड सुहाग र पतिको अटल दीर्घायु तथा सु-स्वास्थ्यको लागि साथै आफ्नो सन्तानको दीर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दू नारीको मनमस्तिष्क र घर आँगनमा पूर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइसकेको छ यो वर्ष पनि ।

    माथिकोसँग तुलना गरेर हेर्नू अनि कति अशुद्धी रहेछन् थाहा हुन्छ । है नरिसाउनु है त ।

  2. समय सापेक्ष राम्रो लेख।
    समय सापेक्ष राम्रो लेख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *