Skip to content

बूँद राना

घरको जग हाल्दै

  • by

बूँदजी !, काठमाडौँमा घर बनाउनु भो ? केही समय यतादेखि मेरा परिचितहरूले मसँग सोध्ने गरेको प्रश्न हो यो । यो प्रश्न सोध्नेक्रम घट्लाजस्तो लाग्दैन, बरु बढ्ला ।

मेरी अर्धाङ्गिनी

  • by

काली भनूँ काली छैनन् गोरी भनूँ गोरी ।
पहेँली छन् सुनसरी फुलेसरी तोरी ।।
न ता उनी कोरियाली न ता फिलिपिनी ।
खाँटी नेपालीकी छोरी मेरी अर्धाङ्गिनी ।।

जताभावी केर्‍या छैन

डायरीका पानाहरू जताभावी केर्‍या छैन ।
सापटीमा आँखा मागी यो दुनियाँ हेर्‍या छैन ।।

फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु ।
रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।।

सियो रोप्दा सानो होला

  • by

सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

सधै सागै बस्ने गरी आउादैन वसन्त नि ।
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।।

परिवर्तन

  • by

बगैचाको माली को हुने – यस विषयको चुनाव थियो । चुनाव सम्पन्न भयो । चुनावमा नया“ उम्मेदवारको जित भयो । पुरानाले हारे । चुनाव अलि असहज रूपमा सम्पन्न भए पनि मतदाताले नया“ आयो, नया“ले केही नौलो काम गरहिाल्ला भनेर चित्त बुझाएका थिए ।
बगै“चाको नया“ मालीको स्वागतमा कार्यक्रम राखियो । कार्यक्रमको अन्त्यमा नया“ मालीले उपस्िथत जमघटलाई आश्वस्त पार्दै भन्यो, “मलाई यो बगै“चाको माली बनाउनुभएकामा धन्यवाद दिन्छु । म परम्परामा होइन, प्रगतिमा विश्वास गर्ने मान्छे हु“ । म प्रगतिवादी हु“ । परम्परावादी होइन । अब हर्ेर्दै जानुहोला यो बगै“चा विश्वकै एक नम्बरको नमुना बगै“चा बन्नेछ । तपाईं-हामी सबैको शिर ठाडो, छाती फराकिलो र नाक ठूलो हुनेछ ।”

बाच्छो गर्छ बां बां

  • by

बाच्छो गर्छ ‘बां बां !’ अनि बिरालाले ‘म्याउ’
‘झ्याउँ-झ्याउँ !’ गरी झ्याँउकीरीले लगाउँछ झ्याउ ।

मीठो गरी सम्झाउंदै भन्नुहुन्छ दिदी
“टी.भी. हेर्ने भए झट्टै ‘होमवर्क’ भ्याऊ ।”

गजल

  • by

गजल मुरद्दफ १

बिखालु रातको चिहान निम्ति लेख्छु म ।
अझै नझुल्केको बिहान निम्ति लेख्छु म ।।

गर्न के गर्छन तर भन्न सबैले भन्छन्
पाप र धर्मको किटान निम्ति लेख्छु म ।।

गजल

  • by

स्वाँठलाई भने हुन्छ धेरै फुर्ती नलाउन
नीम रोपी सकिंदैन नासपाती फलाउन

हिजोसम्म जे भो भो बुझोस् अब एंजेरूले
बिरुवाका अंश मारी पाइँदैन पलाउन