स्वाँठलाई भने हुन्छ धेरै फुर्ती नलाउन
नीम रोपी सकिंदैन नासपाती फलाउन
हिजोसम्म जे भो भो बुझोस् अब एंजेरूले
बिरुवाका अंश मारी पाइँदैन पलाउन
जसको जग धरतीमा छँदैछैन हावामा छ
फुकिदिए काफी हुन्छ दर्बार त्यो ढलाउन
कोही काठ बटुल है कोही मट्टितेल खोज
रावणको लङ्का फेरि परेको छ जलाउन
अन्धो धृतराष्ट्रलाई भनिदिए हुन्छ अब
हामी पनि सक्षम छौँ राजकाज चलाउन
