दुनिया हेर्न फराकिलो नजर चाहिन्छ
ठाउँमा पुग्न भरोसाको सफर चाहिन्छ
दुधले धुन्न छुँदै छुन्न कुनै चन्दनले
जहरको ज्वाला निभउँन जहर चाहिन्छ
दिलको रोगी निको हुँदैन ओखतीले
उसको राम कहानीको कदर चाहिन्छ
उसो त जल्ले पनि मै हुँ दवाइ भन्ला
दवाई बन्न दवाईको असर चाहिन्छ
कागजी फूल सजाएर भन्छ गमलाले
नक्कली माल बिकाउँन शहर चाहिन्छ
मुटुको छेउकुना हुँदि बसाल पुग्छ
बूँदको निम्ति नदौलत नघर चाहिन्छ
डेग चल्दैन उदासीम यो कुँजे बन्छ
जिन्दगिला चलाउँन रहर चाहिन्छ
चिहान घाटमा उभिँदा अरू के भन्नु
“जिन्दगी तेरो कुशलताको खवर चाहिन्छ।”