Skip to content


बगैचाको माली को हुने – यस विषयको चुनाव थियो । चुनाव सम्पन्न भयो । चुनावमा नया“ उम्मेदवारको जित भयो । पुरानाले हारे । चुनाव अलि असहज रूपमा सम्पन्न भए पनि मतदाताले नया“ आयो, नया“ले केही नौलो काम गरहिाल्ला भनेर चित्त बुझाएका थिए ।
बगै“चाको नया“ मालीको स्वागतमा कार्यक्रम राखियो । कार्यक्रमको अन्त्यमा नया“ मालीले उपस्िथत जमघटलाई आश्वस्त पार्दै भन्यो, “मलाई यो बगै“चाको माली बनाउनुभएकामा धन्यवाद दिन्छु । म परम्परामा होइन, प्रगतिमा विश्वास गर्ने मान्छे हु“ । म प्रगतिवादी हु“ । परम्परावादी होइन । अब हर्ेर्दै जानुहोला यो बगै“चा विश्वकै एक नम्बरको नमुना बगै“चा बन्नेछ । तपाईं-हामी सबैको शिर ठाडो, छाती फराकिलो र नाक ठूलो हुनेछ ।”
नया““ बगै“चाको पुनःनिर्माण गर्ने काम युद्धस्तरमा थालियो । सबभन्दा पहिला बगै“चाको माझमा रहेको बडेमाको समीको बोट ढालियो । समीको बोटले ठूलो भूभाग ओगटेको र बगै“चाका बोट-बिरुवाहरूलाई सेप पारेको भनियो । बगै“चावरपिरकिा अन्य बोटहरूलाई पनि बा“की छाडिएन । सबैलाई गि“ड्ने र ढाल्ने काम भयो । ती बोटहरू मास्दा तिनका पातले प्रदूषण फैलाएको, ती बोटमा बस्ने चराचुरुङ्गीहरूले यत्रतत्र विष्टा छरेर वातावरण फोहर बनाएको, तिनमा बस्ने माहुरीले आगन्तुकहरूलाई चिलेर आतङ्कित तुल्याउने गरेकोजस्ता अनेकौ“ कारणहरू अघि सारयिो ।
धुमधामका साथ बगै“चाको सरसफाइमा जुटेको नया“ मालीले बगै“चामा रहेका झारपातजस्ता सबैथोक जिल्याउन पठायो । सरसफाइ अभियानका क्रममा बगै“चाका स-साना बुट्यानहरू, झा“गाझाल, लहराहरू सब सोत्तर पारएि । कामदारहरूले आदेश अनुसारको काम खुरुखुरु फत्ते गरेकामा नया“ माली मख्ख थियो ।
सफाइ अभियान सिध्याइसकेपछि नया“ मालीलाई बगै“चाको नया“ नाम राख्न मन लाग्यो । तत्काल मूलद्वारमा साइनबोर्ड झुन्ड्याउने आदेश जारी गरयिो । तत्काल आदेशबमोजिमको साइनबोर्ड झुन्डियो । साइनबोर्डमा लेखिएको थियो- ‘नमुना बगै“चा ।’
केही दिनदेखि धुमधामका साथ चलिरहेको सरसफाइको काम र कामदारहरूको अस्तव्यस्तताले गर्दा बगै“चामा टहल्न आउने आगन्तुकहरूको सङ्ख्या विस्तारै घट्दै गएर यतिबेलासम्म शून्यप्रायः भइसकेको थियो । ‘नमुना बगै“चा’ तयार हु“दाको खुसी र उल्लास नया“ मालीको मनभित्र अटाइसक्नु थिएन । ऊ आफ्नो योजना र निर्देशनबमोजिम काम सकिएकामा दङ्ग थियो । नया“ माली साइनबोर्ड हेरेर मुसुक्क हा“स्यो । उसले मनमनै भन्यो, “अब पो हर्ेर्नुपर्छ बगै“चाको असली रौनक, आगन्तुकहरूको ता“ती ।” यतिबेला ऊ आफूले प्रायःजसो प्रयोग गर्ने गरेको यो आदर्श वाक्य सम्झी रहेथ्यो, “बगै“चालाई सा“च्चिकै बगै“चा बनाउने हो भने त्यसमा भएका झारपात र अनावश्यक कुराहरू उखेलेर फाल्नर्ुपर्छ ।” नभन्दै उसले आफ्नो यस अभियानमा सफलता प्राप्त गरसिकेको थियो र ऊ प्रसन्न थियो । उसले कामदारहरूलाई एक ठाउ“मा जम्मा पार्‍यो र धन्यवाद दि“दै भन्यो, “हामीहरूले एउटा महान् अभियान भर्खर सम्पन्न गरेका छौ“ । अरू पनि महान् कार्यहरू हामीले सम्पन्न गर्नुपर्नेछ । विचार-व्यवहारको फ्युजनले सफलता प्राप्त हुन्छ । अहिले त्यही भएको हो । फ्युजनको नाममा कन्फ्युजनचाहि“ हुनु हु“दैन । हामीबीचको फलामे अनुशासन र दरलिो एकता कायम रहोस् । तपार्इंहरू सबैलाई धन्यवाद †”
बगै“चाको मूलद्वारनिर अडिएको आयातीत मह“गो गाडीबाट केही सुटेडबुटेड मानिसहरू झरेको देखियो । नया“ मालीले मनमनै गम्यो, “यी आगन्तुकहरू पक्कै पनि अनुसन्धानकर्ता हुनर्ुपर्छ । मेरो नया“ शैलीको कामको मूल्याङ्कन गर्न आएका होलान् । मलाई पुरस्कृत पो गर्ने हुन् कि – के ठेगान †” ऊ सम्भावित प्रशंसा प्राप्तिका लागि उत्ताउलोजस्तो भयो ।
नया“ माली निकै रमाइलो मुड बनाउ“दै, कुम हल्लाउ“दै आगन्तुकहरूको स्वागतार्थ उनीहरूतिर लम्कियो । दुवैथरीको भेट भयो । आगन्तुकमध्ये उमेरले अलि पाकोजस्तो देखिने एउटाले सोधिहाल्यो, “तपार्इं यहा“को माली -” र, तात्तँतै आफ्नो परचिय पनि दिइहाल्यो, “म आनन्द, तपाईंको पुरानो ग्राहक ।” जवाफमा नया“ मालीले भन्यो, “म मुकुन्द हु“, यो बगै“चाको नया“ माली ।” र, सोच्न थाल्यो, “यो आगन्तुकले तपार्इंको पुरानो ग्रँहक भनेर के भन्न खोजेको हो – मेरो कुनै उद्योग-व्यापार छैन । यो ग्रँहक कसरी भयो – कहा“बाट आयो -” अझै केेके, कस्ता तर्कहरूको ता“ती लाग्थ्यो होला । त्यस्तो हुन दिएन आगन्तुकको यो सम्बोधनले, “हेर्नोस् न मुकुन्दजी, यसपालि धेरै गर्न सकेना“ै । देशको तरल अवस्था । अलि त्यस्तै पर्‍यो । अहिलेलाई पा“च लाख रुपिया“ मात्रै पेस्की ल्याएका छा“ै । थोरै भनेर माइन्ड नगर्नुहोला । बरु फुल पेमेन्टचाहि“ चा“डै गरौ“ला ।”
पाको मान्छेले लाचारी, अनुरोध र बाचायुक्त भनाइ एकैचोटि पूरा गरेको थियो ।
अघि ग्रँहकको सर्न्दर्भ आउनु, अहिले फेर िपा“च लाख रुपिया“को पेस्की बुझ्न अनुरोध गरनिु यी कुराहरूले नया“ मालीलाई एकदमै रनभुल्लमा पारििदएको थियो । कुराको छेउ-टुप्पो कही“कतैबाट फेला पररिहेको थिएन । उसले आगन्तुकहरू सबैको अनुहार निकै जिज्ञासु बनेर एकएक गरी हेर्‍यो । पटकपटक हेर्‍यो । केही सीप लागेन । उसले कुरोको चुरो बुझ्न सकेन । उसले आफ्ना कामदारहरूतिर पनि हेर्‍यो । कसैले केही बोलिदिएर उसले फुकाउन नसकेको कुराको गा“ठो खुकुलो पारििदन्छ कि भन्ने चाहना थियो । उसको त्यो चाहना कही“कतैबाट पूरा हुन सकेन ।
“मैले कुरा बुझिन“ नि आनन्दजी,” नया“ मालीले आफ्नो लाचारी प्रकट गर्दै भन्यो, “कुरा अलि खोलेर भन्नोस् न, म नया“ माली परे“ ।”
“डोन्ट वरी मुकुन्दजी, कुरा के हो भने हामी हार्बल सप्लायर हौ“ । हाम्रो हार्बल विदेशमा जान्छ । हामी तपाईंको उत्पादनका पुराना ग्रँहक हौ“ । यहा“को जडीबुटी हामीले थोकको भाउमा किन्छौ“ । यस बगै“चाको चिराइतो, गुडुची, र्सपगन्धा, मोथे, ब्राह्मी, हेर्र्रो, बर्र्रो, आ“वला, घीउकुमारी, गुर्जो आदि अत्यन्त स्तरीय मानिन्छन् । अ“… सामान लोड गर्न ट्रक कहिले पठाऊ“ – आगन्तुकले आफ्नो कुरा बोलेर भ्याउ“दासम्म नया“ मालीले बगै“चामा एकफन्को नजर घुमाइसकेको थियो । उसको नजरले आगन्तुकले गनेका नाममध्येको एउटै जडीबुटी पनि फेला पार्न सकेको थिएन । कहा“ गए त्यत्तिका जडीबुटी – नया“ माली भित्रभित्रै रन्थनियो । ऊस“ग उसको आफ्नै प्रश्नको जवाफ थिएन ।
नया“ माली कामदारहरूतिर फर्केर चिच्यायो, “हाम्रँे कुरा सुन्यौ तिमीहरूले, खै कहा“ छन् हाम्रँ ती जडीबुटी -” तत्काल कोही केही बोलेनन् । नया“ मालीले अघिको भन्दा दोब्बर चर्को स्वर झिक्यो, “अरे स्वा“ठ हो, कोही त बोल, हाम्रा जडीबुटी कहा“ गए -”
यसपालि भने नया“ मालीको सोधाइ खेर गएन । कामदारहरूको भीडबाट एउटा बूढो मान्छेले मुख खोल्यो, “मुकुन्द सर, यसपालि ती हाम्रा जडीबुटी… कुनै कुनैलाई खाल्डो खनेर पुरएि… मल हुन्छ भनेर… कुनै कुनैलाई पोलेर खरानी पारयिो… बा“की टा“कीलाई… नगरपालिकाको फोहर फाल्ने ट्याक्टरले उठाएर लग्यो … ।” बूढो मान्छेले लागेको खोकी रोक्दै बल्लतल्ल आफ्नो कुरा भ्याएको थियो । नया“ मालीले सामूहिक रूपमा सबैलाई हकार्‍यो, “कस्ता बेवकुफ हौ तिमीहरू, त्यस्तो बहुमूल्य जडीबुटी त्यसरी मिल्काउने -” ऊ रसि शमन गर्न नसकेर काम्न थालेको थियो । सबैले देखे ।
“सर, त्यो सब गर्ने आदेश त तपार्इंले नै दिनुभएको हो, हामीले त आदेशको पालन मात्र गर्‍या“ै,” भीडबाट एउटा युवक बोलेको थियो ।
“मलाई यो यस्तो हो भनेर बेलैमा सम्झाउनुपर्दैन त -” नया“ माली भएभरको बल झिकेर कड्क्यो ।
“सर, तपाईंको आदेश नमान्ने, तपार्इंलाई सम्झाउने, हाम्रँे आ“ट नै भएन,” एउटी युवतीको आवाज थियो यो ।
“हो सर † हाम्रँे हिम्मतै भएन,” अर्को एउटाले थप्यो । नया“ मालीले देख्यो, ‘हो सर † हाम्रो हिम्मतै भएन’ भन्ने भनाइलाई र्समर्थन जनाउ“दै सारा कामदारहरूले टाउको हल्लाइरहे । नया“ माली किर्ंकर्तव्यविमूढ हुन पुग्यो । गरोस् त के – आगन्तुकहरूस“ग सरी माग्नुको विकल्प थिएन । ऊ सरी माग्न आगन्तुकहरूतिर मुखामुख हुने गरी फनक्क फक्र्यो । तर, त्यहा“ सरी दिने एउटै आगन्तुक थिएन ।
अब त्यहा“ थियो भने नया“ मालीको हविगत हर्ेन उत्सुक कामदारहरूको उपस्िथति मात्र थियो ।

नेपाल साप्ताहिक ३०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *