Skip to content

जे. आर. आभास

कहिलेकाहीं झस्किन्छु

कहिलेकाहीं झस्किन्छु तिम्रो सम्झनामा
एक्लो हुँदा म आतिन्छु तिम्रो सम्झनामा

मनलाई केही गरी बुझाउन नसक्दा
यी नयन रुझाउँछु तिम्रो सम्झनामा

JRAavas-03

“… “हरू वाद

शक्तिसत्तामा पुगेर भत्ता खान पल्केकाहरू
जनता पिल्स्याएर आफू टिलिक्क टल्केकाहरू

यही माटोमा पसिना बहाउनेलाई बिर्सिएर
नाता कृपाका लागि राजनीति गर्न तम्सेकाहरू

तिम्रै थिए, पराई ठानी

तिम्रै थिए, पराई ठानी, रुवाएर गयौ तिमी,
देखाई आस, ज्युँदो लास, बनाएर गयौ तिमी,

सोच्या थिएँ, दिन्छु माया, मुटुभरि संगालेको,
झिकी मुटु, मेरै हातमा, थमाएर गयौ तिमी,

बाचा सबै, बिर्सियौकि, साथै हिड्ने कसम खाको,
एक्लो बनाई, पराई हात, समाएर गयौ तिमी,

JRAavas-02

करले हुन्न माया

करले हुन्न माया, रहरले हुन्न माया,
पलपल सगैं ज्युने प्रहरले हुन्न माया,

बज्दैन ताली एक हातले बुझ्दा बुझ्दै पनि,
जबर्जस्ती गर्ने जिद्धि ठहरले हुन्न माया,

हेर्दैन भीर पाखा ठाउँ,सुख दु:ख मायाले,
सुखै मात्र हुन्छ भन्ने शहरले हुन्न माया,

टाढैबाट खाली नजर

  • by

टाढैबाट खाली नजर, जुधाउँछिन उनी
हेर्दा लाज्ले परेली ती, झुकाउँछिन उनी

कति चाह होला मन्मा, बोलुँ बोलुँ भन्ने,
नसकेर होला मात्र, मुस्कुराउँछिन उनी,

टुट्ने झिनो आशा

  • by

टुट्ने झिनो आशा मनमा साँचेर अर्थ हुन्न,
साथ छोड्ने भए नाता गाँसेर अर्थ हुन्न

बल्झिरहने पीडा ती मन भित्र लुकाउँदै,
देखावटी फोस्रो हाँसो हाँसेर अर्थ हुन्न

भित्रभित्रै तिम्ले मलाई

  • by

भित्रभित्रै तिम्ले मलाई मन पराउँछ्यौ रे
सपनीमा मेरै नाम लिई कराउँछ्यौ रे

माया गर्ने मान्छेले त धक फुकाएकै बेस,
आमा बाबुसँग खुबै भन्न डराउँछयौ रे

सृंगार त्यो कस्का लागि गर्या होला ठान्थे,
मेरै नामको सिन्दुर, टिका, चुरा लाउँछ्यौ रे,

भेना भन्दै जिस्किरहने (कमेडी गजल)

भेना भन्दै जिस्किरहने साली नजिक आई
दिल चोर्ने बाहनाले त्यो काली नजिक आई

कहिले आँखा जुधाउँदै कहिले मुस्कुराउँदै,
फसाउन खप्पिस भा’की जाली नजिक आई

पहिले भेट्दा नजिक हुन डराउँथी कति,
बैंस चढेर हो कि यसपाली नजिक आई

बुझ्छ कस्ले पीडा

  • by

बुझ्छ कस्ले पीडा ती पिएका मान्छेको
आफैँ बिर्सी नसामा जिएका मान्छेको,

हेरेर प्रेमानुभाव हुने भएदेखि,
कुनै अर्थ हुन्न दिल दिएका मान्छेको,

टुक्रिएको मन कहाँ जोडिएको छ र,
लाखौँ कोसिसले मन सिएका मान्छेको,

नभेटे एकपल तिमीलाई

  • by

नभेटे एकपल तिमीलाई त्यसै बैरागिन्छु म
कहिलेकाहीँ भीड भाडमा पनि एक्लिन्छु म

तिम्रो याद मेरो जिउने सहारा बनेर होला,
नभेटे सपनीमा त्यसै त्यसै कहालिन्छु म,

तिम्रो त्यो मुहार देख्न, अनि बोली सुन्न नपाए,
सम्हालिनै गारो हुन्छ अनि भौन्तारिन्छु म,

JRAvas-02

जुन बन तिमी

  • by

झुपडीका अँधेरी रात चिर्ने जुन बन तिमी
गरीबका भाषा बोल्ने सारंगी धुन बन तिमी

पलपल आफ्नो छाक अलिनो खानेका निम्ति
निमुखाको शरीर तन्ग्र्याऊने नुन बन तिमी

दिन रात नभनी पसिना बगाउनेका लागि
तिनकै रोमरोममा सल्बलाउने खुन बन तिमी

JRAvas

तिमी सँगै हुँदा संसार जित्ने आँट थियो

  • by

तिमी सँगै हुँदा संसार जित्ने आँट थियो,
धर्ती छोडी तारा जून टिप्ने आँट थियो

चखेवा र चखेवी जस्तो हाम्रो जोडी हुँदा
उडी उडी त्यो छितिज चुम्ने आँट थियो