तिमी सँगै हुँदा संसार जित्ने आँट थियो,
धर्ती छोडी तारा जून टिप्ने आँट थियो
चखेवा र चखेवी जस्तो हाम्रो जोडी हुँदा
उडी उडी त्यो छितिज चुम्ने आँट थियो
कदम कदममा साथ चल्छु भन्थ्यौ र पो
जस्तो सुकै दुखमा पनि हाँस्ने आँट थियो
मेरा मुटुका हरेक ती धड्किने धड्कनहरूमा
तिमी थियौ र पो मलाई बाँच्ने आँट थियो
जे. आर. “आभास”
एम. एस्सी. दोस्रो वर्ष (अर्गानिक केमिस्ट्रीमा सोधार्थी)
रसायन शास्त्र केन्द्रीय बिभाग,
कीर्तिपुर, काठमाडौँ ।
२०६८-०२-१५
