के के होलान ब्रत बसी भाकेका कुरा
मन्दिर गई देउता सँग मागेका कुरा
भन्दिए भैगोनी मलाई खुलेर आज
के के छन् त्यो मन भित्र साँचेका कुरा
विचार के छ तिम्रो त्यो जिन्दगीको
साथै छु पुर्याउन तिम्ले आँटेका कुरा
बुझ्छु अलिअलि म पनि टाढै भएपनी
प्रश्न सोध्दा जवाफमा तिम्ले ढाँटेका कुरा
छट्पटी, खुल्दुली सुनाउ खुलेर आज
जिन्दगीका पलहरू एक्लै बाँचेका कुरा
©जे . आर “आभास ”
(२०७४.०५.०८ )
