न सकें भुलाउन त्यो निष्ठुरीलाई,
न सकें जलाउन त्यो निष्ठुरीलाई,
सम्झनाको पीडा मनभित्र गुम्सिरँदा,
न सकें सुनाउन त्यो निष्ठुरीलाई,
फुल थिई काँडा बनी घोच्नथालेपछि,
न सकें सजाउन त्यो निष्ठुरीलाई,
मन दिए,तन दिए,बाँकी स्वास मात्र,
न सकें बुझाउन त्यो निष्ठुरीलाई,
एक्लो जन्मे,बाँच्न एक्लै मैले जान्नुपर्छ,
न सके पनि पाउन त्यो निष्ठुरीलाई
जे. आर. “आभास”
(२०७२।०८।१४)

निष्ठुरी
मै अभागी रहेछु क्यारे, दोष दिउ कसलाई
एक्लै रम्छ मेरो जीवन, सम्झन्न भो निष्ठुरीलाई