Skip to content

तिम्रै थिए, पराई ठानी


तिम्रै थिए, पराई ठानी, रुवाएर गयौ तिमी,
देखाई आस, ज्युँदो लास, बनाएर गयौ तिमी,

सोच्या थिएँ, दिन्छु माया, मुटुभरि संगालेको,
झिकी मुटु, मेरै हातमा, थमाएर गयौ तिमी,

बाचा सबै, बिर्सियौकि, साथै हिड्ने कसम खाको,
एक्लो बनाई, पराई हात, समाएर गयौ तिमी,

भाग्यमानी ठान्थे कति, पाएँ चोखो माया भनि,
आफ्नै स्वार्थ, हेरि मलाई, झुक्याएर गयौ तिमी

के भो टाढा, हुदाँ देह, तिम्रै आभास, मनभरि
भुल्न कहाँ सके मैले, भुलाएर गयौ तिमी

जे आर “आभास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *