Skip to content

नपग्लने यो मन


नपग्लने यो मन पगालेरै छोड्यौ,
नगल्ने यो मन गलाएरै छोड्यौ,

देखे जब तिमी त्यो पराईसँग,
नजल्ने यो मन जलाएरै छोड्यौ

उम्कनै गारो जाल कस्तो तिम्रो,
नफस्ने यो मन फसाएरै छोड्यौ

थियो काबुमा पिँजडाको चरी झैं
न उडने यो मन उडाएरै छोड्यौ

नफक्रने गरी ओइली झरिसकेको
नफुल्ने यो मन फुलाएरै छोड्यौ

जे. आर. “आभास”
२०७२१००५

2 thoughts on “नपग्लने यो मन”

  1. सारै राम्रो र सुमधुर गीत ।
    सारै राम्रो र सुमधुर गीत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *