Skip to content

भित्रभित्रै तिम्ले मलाई

  • by


भित्रभित्रै तिम्ले मलाई मन पराउँछ्यौ रे
सपनीमा मेरै नाम लिई कराउँछ्यौ रे

माया गर्ने मान्छेले त धक फुकाएकै बेस,
आमा बाबुसँग खुबै भन्न डराउँछयौ रे

सृंगार त्यो कस्का लागि गर्या होला ठान्थे,
मेरै नामको सिन्दुर, टिका, चुरा लाउँछ्यौ रे,

स्वामी मै पाउँ भनी भाकलहरू गर्दै
पुजापाठ जप गर्न मन्दिर धाउँछ्यौ रे

“आभास्” मेरो पाउन होला तस्बिर हेरेरै,
घण्टौसम्म एकान्तमा बसी टोलाउँछ्यौ रे

जे. आर . “आभास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *