Skip to content

करले हुन्न माया

JRAavas-02


करले हुन्न माया, रहरले हुन्न माया,
पलपल सगैं ज्युने प्रहरले हुन्न माया,

बज्दैन ताली एक हातले बुझ्दा बुझ्दै पनि,
जबर्जस्ती गर्ने जिद्धि ठहरले हुन्न माया,

हेर्दैन भीर पाखा ठाउँ,सुख दु:ख मायाले,
सुखै मात्र हुन्छ भन्ने शहरले हुन्न माया,

मिलन हो भने माया दुई मनमन बिचको
एकै पल भेट्दा जुध्ने नजरले हुन्न माया

हुन्छ मायाको “आभास” आफैँ देखेर कहाँ,
दुनियाँले बुझेको त्यो लहरले हुन्न माया

जे आर “आभास”
२०७०/१०/२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *